Latest News

त्रिभुवन विमानस्थल काठमाडौंमा सौर्यको जहाज दुर्घटना, थप विवरण आउन बाँकी

Nepalese Times July 24, 2024 (2 Month ago)    1445 Views

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्यको जहाज दुर्घटना भएको छ । दुर्घटनाका कारण विमानमा आगो लागेको छ । अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली नियन्त्रणको प्रयासमा छन् । विमानमा चालका दलका सदस्यसहित १९ जना रहेका थिए । थप विवरण आउन बाँकी छ ।

केही महिनाअघि मात्रै नेपालको यती एयरलाइन्स यात्रुलाई अति जोखिम हुने विमान कम्पनीभित्र परेको थियो । विश्वका तीन एयरलाइन्सभित्र सन् २०२४ मा नेपालको यती पनि अति जोखिम हुने विमान कम्पनीमा परेको हो ।

सुरक्षा मापदण्ड अपुग, अदक्ष चालकदलका कर्मचारीहरु हुनु, नियामक एकदमै कमजोर भएकाले यतीलाई जोखिम कम्पनीको सूचीमा राखिएको हो ।

टकरन्यूज डट कोले सार्वजनिक गरेको सूचीअनुसार यतीका दुर्घटनाका इतिहासले गर्दा चढ्न नहुने भनिएको छ । एयरलाइन्स रेटिङको तथ्यांकलाई आधार मानेर चढ्न नहुनेको सूची बनाइएको हो । सात स्टारमा तीनभन्दा कम नतिजा ल्याउनेलाई अति जोखिममा राखिन्छ ।

टकरन्यूज डट कोले उल्लेख गरेको समाचारअनुसार नेपालको यती एयरलाइन्सलाई यसरी व्याख्या गरेको छ- ‘ नेपालमा सञ्चालित यति एयरलाइन्सले हिमालयको उपस्थितिलगायत खतरनाक मौसम र खतरनाक उडान अवस्थाका लागि परिचित क्षेत्रमा उडान गर्ने अनौठो चुनौतीहरूको सामना गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस