Latest News

नेपालले आज भारतको सामना गर्दै, जित्ने सम्भावना कति ?

Nepalese Times July 23, 2024 (5 Month ago)    392 Views

काठमाडौं । एसीसी महिला एसिया कप क्रिकेटमा नेपालले आज जित्नै पर्ने खेलमा भारतसँग प्रतिस्पर्धा गर्दैछ । समूह चरणको अन्तिम खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल नेपाली समय अनुसार बेलुका ७ः१५ बजे श्रीलंका स्थित दाम्बुला स्टेडियममा सुरु हुनेछ ।

पहिलो खेलमा यूएईमाथि ६ विकेटको जित निकाल्दै विजयी सुरुवात गरेको नेपाल दोस्रो खेलमा पाकिस्तानसँग ९ विकेटले पराजित भएको छ । समूह ‘ए’को भारत चार अंकसहित शीर्ष स्थानमा छ । भारत निरन्तर जित निकाल्दै अघिल्लो चरण प्रवेश गर्न चाहन्छ । अघिल्लो चरण प्रवेशका लागि भारतमाथि जित निकाल्नैपर्ने दबाब छ ।

समूह चरणका दुई खेल सकिँदा नेपाल र पाकिस्तान एक हार र एक जितसहित समान दुई अंकसहित रनरेटका आधारमा दोस्रो र तेस्रो स्थानमा छन् । यो समूहको यूएईले भने खाता खोल्न सकेको छैन । समूह चरणको अन्तिम खेलमा पाकिस्तानले आजको पहिलो खेलमा युएई विरुद्ध खेल्नेछ ।

आजका सो दुई खेलको नतिजाले समूहमा दोस्रो हुँदै सेमिफाइनलमा पुग्ने टोलीको निर्धारण गर्नेछ । पाकिस्तानले युएई विरुद्ध जित हासिल गरेमा नेपालले भारतलाई हराउनैपर्ने हुन्छ । पाकिस्तानले हार बेहोरेमा भने नेपाल भारतसँग पराजित भएपनि, पाकिस्तान र युएईसँग नेटरनरेटमा प्रतिस्पर्धा हुनेछ । पाकिस्तानले युएई विरुद्ध हार बेहोर्ने सम्भावना नै न्युन छ ।

प्रतिक्रिया दिनुहोस