Latest News

उपसभामुख रानाले आर्थिक लेनदेन गरेकोबारे रास्वपाले पनि मुख खोल्यो (विज्ञप्तिसहित)

Nepalese Times July 21, 2024 (1 Month ago)    134 Views

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख इन्दिरा रानामगर प्रकरणमा पार्टीको छवि धूमिल पार्ने दूषित मनसायबाट छद्म रूपमा प्रहार भइरहेको बताएको छ। उपसभामुख रानामगरले अमेरिकी दूतावासलाई लेखेको पत्र प्रकरणलाई लिएर रास्वपाले विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो।

पार्टीले अमेरिकी भिसाका लागि आर्थिक लेनदेन नभएको जिकिर गर्दै भिसाको लागि अग्रिम मितिको आग्रह गरिएका व्यक्तिहरू नेपाल अध्यागमन विभागको रेकर्डमा देश बाहिर गएको नेदेखिएको र कुनै आर्थिक लेनदेन भएको भन्ने तथ्य र प्रमाण उपलब्ध हुन नसकेको जनाएको छ।

‘केही समयअघि उक्त विषयबारे पार्टीमा सूचना आएपछि पार्टीबाट तुरुन्तै सोधखोज गरिएको थियो। सो क्रममा भिसाको लागि अग्रिम मितिको आग्रह गरिएका व्यक्तिहरू नेपाल अध्यागमन विभागको रेकर्डमा देश बाहिर गएको नदेखिनुका साथै कुनै आर्थिक लेनदेन भएको भन्ने तथ्य र प्रमाण उपलब्ध हुन सकेन। यसै सन्दर्भमा सम्बन्धित भनिएका व्यक्तिहरूसँग रास्वपा उपसभापति डिपी अर्यालले गरेको अडियो रेकर्डिङ हामीसँग सुरक्षित रहेको जानकारी गराउँदछौं,’ विज्ञप्तिमा भनिएको छ।

रास्वपाले आफ्ना सारा आम्दानी र सम्पत्ति निस्वार्थ समाजसेवामा लगाएकी उपसभामुख राना विभिन्न प्रतिष्ठित राष्ट्रिय–अन्तर्राष्ट्रिय पुरस्कारबाट समेत विभूषित भएको बताउँदै निष्कलंक र उज्यालो छविकै कारण उनलाई पहिले सांसद र पछि उपसभामुखको उम्मेदवारका रूपमा प्रस्तुत गरेको जनाएको छ।

रास्वपाले पार्टीको छवि धूमिल पार्ने मनसायबाट भइरहेका गलत प्रहारबाट पार्टी बिचलित नहुने पनि बताएको छ। उपसभामुख रानामगरले पाँचजनालाई अमेरिका लैजान भनी नेपालस्थित अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएपछि उनी विवादमा तानिएकी हुन्।

प्रतिक्रिया दिनुहोस