Latest News

नेपाललाई ऐतिहासिक जीत दिलाउने सम्झना को हुन् ? यूएई ६ विकेटले पराजित (भिडिओसहित)

Nepalese Times July 19, 2024 (1 Month ago)    209 Views

काठमाडौं । निक्कै बलियो भनिएको यूएईलाई ६ विकेटले पराजित गराउँदै नेपाली महिला टोलीले ऐतिहासिक जीत हाँसिल गर्न सफल भएको छ । उत्कृष्ट अर्धसतकीय पारी खेल्दै सम्झना खड्काले ऐतिहासिक रेकर्ड राख्न सफल भएकी छिन् । ११६ रनको लक्ष्य पछ्याएको नेपालले १६.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो । यसअघि नेपाल एसिया कपमा २०१२ मा तीन र २०१६ मा ५ खेलमा पराजित भएको थियो । नेपालको जितमा सम्झना खड्का ४५ बलमा ११ चौकासहित ७२ रनमा नट आउट रहिन् । नेपाललाई महत्वपूर्ण जित दिलाउन बलिङतर्फ कप्तान इन्दू बर्माको निक्कै ठूलो योगदार रह्यो । इन्दूले तीन विकेट लिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस