Latest News

एसिया कपमा सम्झना खड्काको ऐतिहासिक अर्धशतक, बधाईको ओहिरो

Nepalese Times July 19, 2024 (1 Month ago)    46 Views

काठमाडौं । नेपालकी सम्झना खड्काले श्रीलंकामा जारी नवौँ संस्करणको एसिया कप टी–२० महिला क्रिकेटको पहिलो खेलमा युएईविरुद्ध अर्धशतक प्रहार गरेकी छन् ।

३४ बलमा सम्झनाले अर्धशतक प्रहार गरेकी हुन् । वुमन्स एसिया कपमा नेपाली खेलाडीले बनाएको यो पहिलो अर्धशतक हो ।

सम्झना टी२०आईमा अर्धशतक प्रहार गर्ने पाँचौं नेपाली खेलाडी बनेकी छन् । यसअघि इन्दु बर्मा, सीता रानामगर, पूजा महतो र रुविना क्षेत्रीले अर्धशतक प्रहार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस