Latest News

पुरानो मेडिकल कलेजको तेस्रो तलाबाट हाम फालेर ज्यान गुमाएका वृद्ध को हुन् ?

Nepalese Times July 18, 2024 (1 Month ago)    267 Views

चितवन । चितवनको कलेज अफ मेडिकल साइन्सेस् (पुरानो मेडिकल कलेज) भरतपुरको तेस्रो तलाबाट हाम फालेका एक वृद्धको ज्यान गएको छ । नवलपुरको हुप्सेकोट गाउँपालिका–२ घर भएका ७६ वर्षीय बलबहादुर खाम्चा मगरको हाम फालेर ज्यान गएको हो ।

मगरले बिहीबार बिहान कलेजको ए ब्लकको तेस्रो तलाको झ्यालबाट हाम फालेका थिए । साउन २ गते अस्पतालमा भर्ना भई क्यान्सर सम्बन्धी रोगको उपचार गराइरहेका थिए । प्रहरीका अनुसार अस्पताल भवनबाट हाम फालेर घाइते भएका मगरको उपचारको क्रममा ज्यान गएको हो ।

प्रतिक्रिया दिनुहोस