Latest News

यहि हो साढे २ करोडमा बनेको महादेवको मूर्ति

Nepalese Times July 16, 2024 (1 Year ago)    330 Views

काठमाडौं । लमजुङस्थित सुन्दरबजार नगरपालिका–७ पाउँदीमा साढे २ करोड रुपैयाँ खर्च गरेर १०८ फिट उचाइको शिद्धेश्वर महादेवको मूर्ति निर्माण गरिएको

कर्मदा नदीका शिवजी महादेव मन्दिर संरक्षण समितिले मर्स्याङ्दी नदी नजिकै पर्यटन र धार्मिक क्षेत्र बनाउनका लागि यतिका अग्लो महोदेवको मूर्ति निर्माण गरेको हो।

महादेव मूर्तिसहित सो परिसरमा भगवान् गणेश, विष्णु, शिवको वाहन साँडे (बसाह) को मूर्तिसमेत निर्माण गरिएको समितिका उपाध्यक्ष चन्द्रप्रसाद पोखरेलले बताएका छन् ।

काठमाडौं र पोखराबाट कालीगढ ल्याएर मूर्ति निर्माण गरिएको भन्दै उनले त्यसका लागि दुई करोड ५० लाख खर्च भएको जानकारी दिए । मूर्तिमा रङरोगन सम्पन्न भएको छ। सोही परिसरमा १०८ शिवलिङ्ग र १०८ धारा निर्माण गर्न लागिएको छ।

धाराका लागि पर्खाल निर्माण सम्पन्न भइसकेको छ। राइनास नगरपालिका–९ मोहोरियाकोटबाट करिब छ किलोमिटर टाढाबाट धाराका लागि पानी ल्याउन लागिएको छ। हालसम्म दुई किलोमिटरमा पाइप विच्छ्याउने काम सम्पन्न भएको छ भने धारा निर्माणस्थल नजिकै एक लाख लिटर भन्दाबढी पानी अट्ने एउटा पानी ट्याङ्की निर्माण सम्पन्न भएको छ।

प्रतिक्रिया दिनुहोस