Latest News

बससँगै हराईरहेका अर्का २ श व पनि भेटिए, यस्तो छ पछिल्लो अपडेट

Nepalese Times July 13, 2024 (5 Month ago)    423 Views

काठमाडौं । नवलपरासी पूर्वको गैँडाकोट नगरपालिका–७ गैरेस्थित नारायणी नदी किनारमा दुईवटा शव भेटिएको छ।  प्रहरीले ती दुई शव पनि शुक्रबार नारायणगढ(मुग्लिन सडकको सिमलतालमा पहिरोसँगै त्रिशूलीमा खसेको बसमा सवार यात्रुहरू रहेको अनुमान गरेको छ।

शनिबार दिउँसो करिब साढे २ बजे नदी किनारमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ। प्रहरीका अनुसार एउटा अन्दाजी २५र३० वर्षका र अर्का १८–२० वर्षकोजस्तो देखिने पुरूषको शव भेटिएको हो।

नवलपरासी पूर्वका प्रहरीले अहिले घटनास्थल मुचुल्का गरिरहेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी भेषराज रिजालका अनुसार गैँडाकोटमा भेटिएको शव पनि चितवन ल्याउने तयारी भइरहेको छ।

‘त्यहाँ मुचुल्काको काम सकिएपछि चितवन पठाइन्छ। भरतपुरस्थित जिल्ला अस्पतालमा शव राखेर पहिचानको प्रयास गर्छौं,’ उनले भने। जिल्ला अस्पतालमा त्रिशूलीमा बेपत्ता भएकाहरूको आफन्तहरू उपस्थित छन्। उनीहरूबाट शवको पहिचानका लागि प्रक्रिया अगाडि बढ्ने डिएसपी रिजालले जानकारी दिए।

शनिबार बिहान गोलाघाटमा भेटिएको पुरुषको शव सनाखत भइसकेको छ। उनी भारत बिहारको सितामणी बर्गिनिया जमुवा बस्ने २८ वर्षीय ऋषि पल साह रहेको पुष्टि भएको छ।

डिएसपी रिजालका अनुसार उनी काठमाडौंबाट गौर जाने क्रममा त्रिशूलीमा खसेको प्रदेश०३(००१ ख २४९५ नम्बरको बसमा सवार रहेको उनको भाइ सतपाल साहले सनाखत गरेका हुन्। सनाखत भएको शव पोस्ट मर्टमपछि आवश्यक प्रक्रिया पूरा गरी परिवारलाई बुझाइने उनले बताए।

प्रतिक्रिया दिनुहोस