Latest News

सन्दीपलाई लुकाएर वेस्ट ईन्डिज पुर्याउने को हुन् ? श्रीलंकासँग जित्ने सम्भावना कति ?

Nepalese Times June 11, 2024 (1 Month ago)    526 Views

क्रिकेटर सन्दीप लामिछानेले अमेरिकाको भिसा नपाउँदा सबैभन्दा बढि गाली खानेमध्ये नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्का हुन् । जसले सन्दीपलाई रोक्ने काम गरेको भनेर निक्कै हप्कीदप्की सहनुपर्यो ।

उनीहरुकै कारण सन्दीपले अमेरिकाको भिसा नपाएको भनेर समर्थकले जिवनभरलाई पुग्नेगरी उनीहरुलाई गाली गरे । तर, यि दुई पात्र जसले सबैको गाली खाएरै भएपनि सन्दीपलाई विश्वकपको मैदानमा पुर्याउन भने सफल भएका छन्, त्यो पनि सुटुक्क । सन्दीपलाई वेस्ट ईन्डिज पुर्याएर मात्रै क्यानले यसको औपचारिक जानकारी गराउँदा नेपाली क्रिकेट समर्थक आश्चर्य चकित मात्रै भएका छैनन्, भित्रभित्रै क्यानले यतिसम्म दुःख गरिरहेका रहेछन् भन्ने तथ्य बाहिरिएको छ ।

प्रतिक्रिया दिनुहोस