Latest News

बालेनलाई रोक्नुको कारण यहि थियो ? न्यूरोडमा ट्याक्सी पार्किङको लर्को, यतिसम्मको दादागिरी

Nepalese Times June 6, 2024 (1 Month ago)    300 Views

काठमाडौं । काठमाडौंका मेयर बालेनसँग पौठेजोरी खेलेरै सडक पीच गरेर सडक विभागका कर्मचारी कार्यलय पुग्न भ्याएको छैन, सडकमा जथाभावी पार्किङ भने सुरु भईसक्यो । एकातिर मानिसहरु ठेलमठेल गरेर हिँडिरहनुपरेको छ । हिँड्दा एउटाले अर्काको खुट्टा कुल्चने डर छ, अल्झिएर लड्ने खतरा छ । यस्तोमा पैदलयात्रुको सहजताकै लागि भनेर मेयर बालेनले थोरै ठाउँ फुटपाथ बढाउने प्रयास गरेका थिए ।

तर, अलिकति बढाउन खोजिएको पुटपाथले पुरै सडक नै साँघुरो हुने र गाडी आवतजावत गर्न अप्ठ्यारो पुग्ने भनेर सडक विभागको रोनाधोना सुरु भयो । विभागले हेर्नुपर्ने त्यस्ता कयौँ सडकहरु अलपत्र छन्, धुलो र धुवाँले स्थानीयहरु वाक्कदिक्क छन् ।

तर, एकजना आमुक व्यक्तिसँगको प्रतिसोधकै कारण न्यूरोडको यो सडक रातारात पीच गर्ने काम भयो । आखिर सडक विभागको यो कदमले कसले के पायो त ? यात्रुहरुले ठेलमठेल गरेरै भएपनि यात्रा गर्न पाए, भाडाका ट्याक्सीहरुले पहिलेजस्तै गरेर यसैगरी मज्जैले पार्किङ गरेर बस्न पाए ।

प्रतिक्रिया दिनुहोस