Latest News

टी-२० विश्वकप: नेपालले आज नेदरल्यान्ड्सविरूद्ध खेल्दै, जित्ने सम्भावना कति ?

Nepalese Times June 4, 2024 (1 Month ago)    405 Views

काठमाडौं । आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत नेपालले आज राति आफ्नो पहिलो खेल खेल्दैछ। खे ल अमेरिकाको डालासस्थित ग्रान्ड प्रिएरी क्रिकेट रंगशालामा नेदरल्यान्ड्सविरूद्ध राति सवा नौ बजे हुँदैछ । नेपालले १० वर्षपछि विश्वकप खेल्दैछ ।

१० वर्षको व्यग्र पर्खाइपछि नेपालले विश्व क्रिकेटको मञ्चमा आफूलाई पुनः उभ्याएको छ । पहिलो खेल मंगलबार नेदरल्यान्डसँग खेल्दै नवौं संस्करणको पुरुषतर्फको आईसीसी ट्वान्टी–२० विश्वकपको ढोका उघार्दै छ ।

काठमाडौंमा गत कात्तिकमा भएको एसिया छनोटमा नेपालले यूएईलाई सेमिफाइनलमा पराजित गर्दै विश्वकपमा स्थान पक्का गरेको थियो । नेपाल र ओमान एसिया क्षेत्रबाट विश्वकपका लागि छानिएका हुन् । नेपालले २०१४ मा पहिलो पटक ट्वान्टी–२० विश्वकप खेलेको थियो ।

नेपालले डालासमा मंगलबार खेलेपछि फ्लोरिडामा श्रीलंकासँग जुन ११, वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा जुन १४ मा दक्षिण अफ्रिका र जुन १६ मा बंगलादेशसँग समूह चरणका खेलहरू खेल्नेछ । नेपाल समावेश समूह ‘डी’ लाई ‘ग्रुप अफ डेथ’ सरह मानिएको छ । नेपालले श्रीलंका र दक्षिण अफ्रिकासँग भने पहिलो पटक खेल्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस