Latest News

गिरिबन्धुको कुरा कोट्याउँदै मेयर बालेनले ओलीलाई फेरि दिए कडा दनक, पीडितको बैना फिर्ता गर्न चेतावनी

Nepalese Times June 3, 2024 (1 Month ago)    210 Views

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई झापा गिरिबन्धुमा बैना लिनेहरूलाई ‘दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौं’ भनेर लिएको पििडतको बैना फिर्ता गर्न आग्रह गरेका छन् । सोमबार बिआन सामाजिक सञ्जाल फेसबुकमार्फत बालेनले १० हजार करोडको कान्ड लुकाउन अर्को कान्ड गरेर जनता नझुक्काउन उनले ओलीलाई आग्रह गरे ।

उनले लेखेका छन् ‘ झापा गिरिबन्धुमा बैना लिनेहरूलाई ‘दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौं’ भनेर थम्थमाउनु भएछ। गिरीबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटलामा तपाईंको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईंलाई नभनी पात पनि हल्लन्छ भन्ने लाग्दैन ।’

बालेनले १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पुर्ण शक्ति लगाएर न्युरोडमा आफूले बनाउन लागेको फूटपाथ फेरेर सडक बनाउनु थालेको आरोप लगाए ।

‘अब बल्ल देश बन्ने भएछ । आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरे पनि काम हुनु राम्रो हो । तपाईंको शक्तिले अब रिङरोड बनाउनु, बुटवल चितवन बाटो बनाउनु, यस्ता धेरै आयोजनामा लगाउनुहोला । हामी साथमा छौँ । अनि समयमै गिरिबन्धुमा पीडितको बैना फिर्ता गर्नु होला । नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला । हुन त, पहिले पनि जेल बस्नु भएको हो । धन्यवाद ’ उनले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस