Latest News

रिहा हुँदै कैलाश सिरोहिया, हेलिकोप्टर चढेर काठमाडौं ओर्लिए, सेटिङ मिलाएर मेडिसिटीमा भर्ना !

Nepalese Times May 28, 2024 (1 Month ago)    294 Views

नागरिकता प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई अन्ततः रिहा गर्ने तयारी भएको छ । स्वास्थ्यमा गम्भीर समस्या देखाउँदै उनलाई रिहा गर्ने तयारी भएको हो । स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै उनी हेलिकोप्टरमार्फत काठमाडौं ओर्लिएका छन् । यसअघि सुन प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका नेता एवं पूर्वसभामुख कृष्णबहादुर महरालाई पनि स्वास्थ्य समस्या देखाउँदै पक्राउ परेको केही दिनमै रिहा गरिएको थियो । महरालाई जस्तै सिरोहियालाई पनि स्वास्थ्य समस्यालाई निहुँ बनाएर रिहा गर्ने प्रयास भएको चर्चा छ । एक रिपोर्ट

 

प्रतिक्रिया दिनुहोस