Latest News

रामबहादुर बम्जनलाई रिहा गर्न गृहमन्त्री श्रेष्ठलाई तारन्तारको टेलिफोन (भिडिओसहित)

Nepalese Times January 17, 2024 (3 Month ago)    681 Views

काठमाडौं । ‘लिटिल बुद्ध’ भनेर चिनिएका ‘तपस्वी’ रामबहादुर बम्जनलाई तत्काल रिहा गर्न भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई तारन्तारको दबाब आईरहेको छ । बम्जनलाई रिहा गर्नुपर्यो भन्दै गृहमन्त्री श्रेष्ठलाई तारन्तार टेलिफोन गरेर दबाब दिईरहने अरु कोहइ नभएर सत्ताको स्वाद चाखिसकेका पूर्वमन्त्रीहरु हुन् ।

बम्जनले त्यस्तो कुनै गल्ती काम नगरेको र बाहिरै बसेर मुद्दा मामलामा सरिक हुन दिनुपर्ने उनीहरुको माग छ । विशेषतः पूर्वराज्यमन्त्रीहरु मणी लामा र एसोधाकुमारी लामाले रामबहादुर बम्जनलाई छुटाउन ठूलो जोडबल गरिरहेकी छिन् । पक्राउ पर्नेवित्तिकै पनि पूर्वराज्यमन्त्री एसोधाकुमारीले आफ्नो गाडीमा राखेर लैजाने प्रस्ताव गरेका थिए ।

यता बम्जनलाई राजनीतिक शक्तिसम्म सम्बन्ध विस्तार गर्न पुलको भुमिका निर्वाह गर्ने पूर्वराज्यमन्त्री मणि लामाले निरन्तर गृह प्रसासनलाई रिहा गर्न दबाब दिईरहेका छन् । मणी लामा जसले शुशिल कोइरालादेखि पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवासम्म भेट गराएका थिए । रामबहादुर बम्जनलाई रिहा गर्न पूर्वमन्त्रीहरुले नै दबाब दिईरहेको समयमा अनुसन्धानमा खटिएका टोलीहरुलेसमेत घटना गराएको एथेष्ट बलियो प्रमाण फेला पार्न सकेको छैन ।

हत्या, अपहरण अनि बाल यौन शोषणको आरोपमा हाल पुर्पक्षका लागि जिल्ला कारागार महोत्तरीमा राखिएका बम्जनविरुद्ध जति प्रमाण जुटाउन खोजेपनि गम्भीर आरोपमा बलियो प्रमाण भेट्न नसकेको हो । बम्जनले सञ्चालन गरेको सिन्धुपाल्चोकको बाडेगाँउको आश्रम र बाराको खुमजोर आश्रमबाट चारजना बेपत्ता पारिएको उजुरी छ । यसअघिसमेत प्रहरीले बम्जनको आश्रमबाट शव गलाउन प्रयोग गरिएको नुनसहित केही शंकास्पद वस्तु फेला पारेको थियो । तर, शव पहिचान हुने अन्य प्रमाण भने प्रहरीले फेला पार्न सकेको छैन ।

बलियो प्रमाण भेट्टाउन नसक्नुले पनि बम्जनलाई तत्काल रिहा गराउनुपर्ने दबाब गृह प्रशासनलाई छ । उनीविरुद्ध ५ वर्षअघि उजुरी परेको भएपनि अहिले आएर उनलाई काठमाडौंबाट पक्राउ गरिएको हो । उनलाई पक्राउ गर्नुका पछाडी ठूलो खेल भएको उनका अनुयायी र समर्थकहरुको तर्क छ ।

महोत्तर कारागारका अनुसार बम्जनले कारागारभित्र आफै खाना पकाएर खाने गरेका छन् । लसुन प्याज नखाने र सादा खानेकुरा मात्रै खाने हुँदा बम्जनले कारागारभित्र आफै पकाएर खाने गरेका हुन् । कारागारका अन्य कैदीसरह उनलाई सातजना अट्ने गरेको हलभित्र राखिएको छ । उनी बस्ने कोठामा टीभीको व्यवस्थापन गरिएको छ ।

उनी रेस्लिङदेखि अन्य खेलका गतिविधिहरु टेलिभिजनमा हेर्ने गर्छन् । बिहानको समय सामान्य ध्यानबाहेक अन्य योगध्यानको क्रियाकलाप भने उनले गर्न पाएका छैनन् । ध्यान गर्नका लागि उचित ठाउँको बन्दोबस्त मिलाउन उनले आग्रह गर्दै आएका छन् । कारागारभित्र रहेका उनलाई आफूले गल्ती गरेको थोरै महसुस पनि गरेका छैनन् । धर्मगुरुदेखि अधिवक्तासमेतले रामबहादुर बम्जनलाई पक्राउ गर्नुपर्ने कुनै कारण नरहेको भनिरहेका छन् । बम्जनको पक्षमा माहोल बढ्दै जाँदा सरकारलाईसमेत रिहा गर्नुपर्ने दबाब बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस