Latest News

धरानमा मेयर र उपमेयरबीच बाझाबाझ, के हो विवादको विषय ?

Nepalese Times January 14, 2024 (3 Month ago)    362 Views

काठमाडौं । धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकमै मेयर हर्क सामपाङ र उपमेयर अइन्द्रबिक्रम बेघाबीच चर्काचर्की भएको छ ।
१८ महिनायता मेयर साम्पाङलाई साथ दिँदै आएका उपमेयर बेघा आइतबार पहिलो पटक कड्किएका हुन् ।

उनले आइतबार बसेको कार्यपालिका बैठकमा मेयर साम्पाङमाथि खनिए । कार्यकक्षबाट राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको फोटो हटाएको कुरा निकाल्दै उपमेयर बेघाले आफ्नोबारे सार्वजनिक रुपमा गरेको टिप्पणीको विरोध जनाए । आफूलाई विषालुको संज्ञा दिएको उक्त सामाग्रीलाई लिएर बेघाले आक्रोश पोख्दै आपत्ति जनाएपछि बैठक हलमै तनाव भएको हो ।

‘तपाईले खेलाँची गरेको हो ? किन त्यो कन्टेन्ट सेयर गर्नुभयो ?’ उपमेयर बेघाले आक्रोशित मुद्रामा भने, ‘तपाईंलाई आँखा चिम्लेर काँधमा बोकेर हिँडेको हो, तर जसले बोक्छ उसको टाउकोमा दिसा पिसाब गर्दै नहिड्नुुस्’

मेयर साम्पाङ र उपमेयर बेघाबीच बैठक हलमै चर्काचर्की भएपछि वडाअध्यक्षहरूले बोल्ने समय मागेका थिए । वडाअध्यक्षहरूले कार्यपालिका बैठकमै झगडा र विवादले धरानको बेइज्जत भएको गुनासो गरे । केही महिना अघिसम्म मेयर र वडाध्यक्षहरूबीच चर्काचर्की हुँदा उपमेयर बेघाले मिल्न आग्रह गर्थे। तर आइतबारको कार्यपालिकामा भने वडाध्यक्षहरूले मेयर र उपमेयरलाई मिलेर अघि बढ्न सुझाए ।

प्रतिक्रिया दिनुहोस