Latest News

साईबर ब्यूरो पुगेर गौशला–२६ ले थर्काइन् रास्वपा नेता, रवि लामिछानेले लिए एक्सन

Nepalese Times January 11, 2024 (3 Month ago)    4049 Views

काठमाडौं । क्रिकेटर सन्दिप लामिछानेबाट पीडित गौशला २६ ले आफ्नो पहिचान खुलाएर सामाजिक संजालमा फोटो पोष्ट गर्नेहरुविरुद्ध साईबर ब्यूरो गुहारेकी छिन् ।
बलात्कारी ठहर भएका क्रिकेटर लामिछानेबाट पीडित भएकी गौशला २६ भन्दै पहिचान खुलाउनेविरूद्ध उनले नेपाल प्रहरीको साइबर ब्युरोमा जाहेरी दिएकी हुन् । गौशाला २६ ले दुईवटा कसुरमा अनुसन्धान गरिदिन ६ वटा सामाजिक सञ्जालका पेजको नाम उल्लेख गर्दै जाहेरी दिएकी हुन् ।

गौशला २६ ले साईबर ब्यूरोमा उजुरी दिँदा सबैभन्दा बढि खैलाबैला राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको पार्टीभित्र खैलाबैला मच्चिएको छ । कारण हो, पीडितको पहिचान सार्वजनिक गर्नेमा वैकल्पिक राजनीतिक शक्तिको रुपमा उदाएको रास्वपाका नेतासमेत छन् ।

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग जापान च्युबू शाखा समितिका सदस्य दिवस सापकोटालेसमेत पहिचानसहितको फोटो सार्वजनिक गर्दा रास्वपामा खैलाबैला मात्रै मच्चिएको छैन, उनी निलम्बनमा नै परेका छन् । पार्टीको जिम्मेवार नेताले नै गोपनियताको ख्यालै नगरी गौशला २६ को फोटो सार्वजनिक गरेपछि उनी निलम्बनमा परेका हुन् । कस्तो व्यक्तिलाई पार्टीको जिम्मेवारी दिइएछ भनेर सभापति रवि लामिछानेलेसमेत कानेखुशी गर्न थालेका छन् ।

बलात्कारजस्तो आरोपमा पीडितको फोटो तथा भिडिओ सार्वजनिक गर्न मिल्दैन । असली पहिचान सार्वजनिक गर्नेलाई ५ वर्षसम्म कैद सजाय हुन सक्छ । तर, कानुनी प्रावधानबारे ख्यालै नगरी रास्वपाका नेताहरु भने पीडित युवती गौशला २६ को फोटो सार्वजनिक गर्न हतारिईरहेका छन् ।

आफ्नै पार्टीका नेताहरुबाट यस्तो हर्कत बारम्बार आईरहँदा सभापति रवि लामिछाने पनि वाक्क दिक्क भईरहेका छन् । उनले आफ्ना नेता तथा कार्यकर्तालाइ यस्तो गतिविधि नगर्न सचेत गराएका छन् । उनीमात्रै होइन, अरु थुप्रै फेसबुक पेजहरुलेसमेत गौशला २६ को फोटो सार्वजनिक गरेपछि पीडित भनिएकी गौशला २६ ले साईबर ब्यूरो गुहारेकी हुन् ।

गौशाला २६ ले दुईवटा कसुरमा अनुसन्धान गरिदिन ६ वटा सामाजिक सञ्जालका पेजको नाम उल्लेख गर्दै जाहेरी दिएकी हुन् । यसबारे साइबर ब्युरोले अनुसन्धान गरी पहिचान खुलाउने व्यक्तिहरूको खोजी भइरहेको जनाएको छ । पीडितको पहिचान सार्वजनिक गर्नेलाई अपराध पीडित ऐन, गोपनीयता सम्बन्धी ऐन र विद्युतीय अपराधसम्बन्धी विभिन्न दफा अनुसार कैद सजाय हुनसक्छ ।

अपराध पीडित संरक्षण ऐनको दफा ६ मा बलात्कार मानव बेचबिखन, यौन दुव्र्यवहारका घटनाका पीडितको पहिचान कुनै पनि रूपबाट प्रकट गर्न नहुने भनिएको छ । गौशाला–२६ लाई बलात्कार गरेको ठहर गर्दै क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौँ जिल्ला अदालतले ८ वर्ष कैद सजाय फैसला गरेको छ । यो फैसलाको विरुद्धमा सन्दिप लामिछाने उच्च अदालतमा पुनरावेदनका लागि जाँदै छन् ।

प्रतिक्रिया दिनुहोस