Latest News

‘तपस्वी’ रामबहादुर बम्जन पक्राउ, के हो आरोप ? 

Nepalese Times January 9, 2024 (3 Month ago)    2454 Views

काठमाडौँ । प्रहरीले ‘तपस्वी’ राम बहादुर बम्जनलाई पक्राउ गरेको छ । बाराको हलखोरिया जंगलमा तपस्या गरेर चर्चा कमाएका बम्जनलाई केन्द्रिय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले बताएका छन् ।

बम्जनको आश्रमबाट आनिसहित ४ जना सम्पर्कविहीन भएको उजुरी परेपछि प्रहरीले लामो समयदेखि उनलाई खोजी रहेको थियो ।  बम्जनको सिन्धुपाल्चोक इन्द्रवती गाउँपालिका स्थित बाँडेगाउँ र सिन्धुलीको आश्रममा यसअघि छापा मारेको थियो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको संयुक्त टोलीले आश्रम खानतलासी गरेको थियो । बाराको हलखोरिया जंगलमा तपस्या गरेको भनेर चर्चा कमाएका बम्जनको आश्रमबाट आनीसहित ४ जना सम्पर्कविहिन भएको उजुरी परेपछि प्रहरीले बम्जनको खोजी गरिरहेको थियो ।

प्रतिक्रिया दिनुहोस