Latest News

प्रधानमन्त्रीको टेबलमा फेरि पुग्यो बालकृष्ण खाणलाई रिहा गर्ने प्रस्ताव ! (भिडिओसहित)

Nepalese Times November 29, 2023 (5 Month ago)    237 Views

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बालकृष्ण खाँणलाई तत्काल रिहा गर्न मागसहितको प्रस्ताव प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको टेबलमा पुर्याएका छन् । यसको खुलासा स्वयं देउवाले नै बुटवल पुगेर गरेका हुन् । उनले थुनामा रहेका आफ्ना नेता बालकृष्ण खाणले न्याय पाउनेमा आफु आशावादी रहेको भनेका छन् ।

कांग्रेस सभापति देउवाको यो भाषणले नक्कली भुटानी शरणार्थीसम्बन्धि मुद्दाका पीडितहरु भने त्रस्त बनेका छन् । अदालतमा विचाराधनी मुद्दालाई प्रभावित पार्ने उदेश्यले यस्तो बोलेको पीडितहरुको आशंका छ ।

पटक पटक पेशी सारेर मुद्दाको आफु अनुकुल फैसला गराउन दबाब दिइरहेको समेत चर्चा भइरहेका बेला देउवाको यस्तो अभिव्यक्ति सार्वजनिक भएको हो । खाण छुटे आफुहरु असुरक्षित हुने र पैसा पनि फिर्ता पाउने सम्भावना कमजोर हुने एक पीडित बताउँछन् ।

मुद्दाको फैसला नहुँदासम्म मुख्य अभियुक्तलाई थुनामा पठाउने जिल्ला अदालतको आदेशविरुद्ध ५ मंसिरदेखि उच्च अदालत पाटनमा सुनुवाई चलिरहेको छ । जिल्लाको आदेशविरुद्ध १६ जना उच्च अदालत गएका छन् ।

यसबीचमा बालकृष्ण खाणलाई रिहा गर्न आवश्यक प्रक्रिया अघि नबढाएको र गम्भीर नभएको भन्दै प्रधानमन्त्री प्रचण्डले पदबाट हट्न पटक–पटक धम्की खाईरहनुपरेको छ । प्रधानमन्त्री प्रचण्डलाई कांग्रेस सभापति देउवा पत्नी आरजु राणाले बालकृष्णलाई जसरी पनि निर्दोष सावित गराउन बालुवाटारलाई चेतावनी दिईरहेका छन् ।

प्रधानमन्त्री प्रचण्डले भने बरु गृहमन्त्री नारायणकाजी श्रेष्ठको विकल्प खोजिने, तर सरकारकै नेतृत्वबाट हट्ने कुरा जायज नभएको जवाफ दिईरहेका छन् । भुटानी शरणार्थी प्रकरणमा सरकारले देखाएको आँटमा गृहमन्त्री श्रेष्ठले पनि वाहवाही पाएका थिए । उनकै कारण आफ्ना नेता जेलमा पुग्नुपरेको आरजु राणाको आरोप छ ।

यसबीचमा सत्ता संकटउन्मुह भएसँगै रास्वपालाईसमेत सरकारमा ल्याउने कसरत अघि बढाएका छन् । उनले गृहमन्त्री रवि लामिछानेलाई नै दिएर भएपनि रास्वपालाई सरकारमा ल्याउने कसरत भईरहेको बालुवाटार स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस