Latest News

दुर्गा प्रसाईलाईं प्रचण्डको टेलिफोन, आन्दोलन फिर्ता लिए ऋण मिनाह गर्ने आश्वासन

Nepalese Times November 20, 2023 (5 Month ago)    274 Views

दुर्गा प्रसाईंलाई एकाएक बालुवाटारबाट आएको एउटा प्रस्तावले खैलाबैला मच्चिएको छ । आन्दोलन फिर्ता गर्न आग्रहसहित आन्न्दोलन स्थगित गरे ऋण मिनाहा गदिरिने प्रस्ताव बालुवाटारबाट आएको प्रसाईं स्वयंले बताएका छन् । आफ्नो आन्दोलनलाई मत्थर पार्न चारैतिरबाट अनेक खालका तिकडम सुरु भएको भन्दै प्रसाईंले त्यस्ता प्रलोभनबाट आफू नफस्ने, व्यवस्था उल्ट्याएरै छाड्ने भनेका छन् ।

२० लाखभन्दा मुनीका ऋण मिनाह नहुन्जेलसम्म आन्दोलन नरोकिने भन्दै उनले बालुवाटारबाट आउने यस्ता प्रलोभन आफूलाई मान्य नहुने र नबहकिने पनि बताए ।
मंसिर ७ गते नेकपा एमालेले पनि शक्ति प्रदर्शनको तयारी गरेको छ । त्यसदिन प्रसाईं र एमाले नेता महेश बस्नेतबीचको भीडन्त राम्रै हुने देखिन्छ । व्यवस्थाविरुद्ध प्रहार गर्न खोज्नेलाई मंसिर ७ गते युवा संघ र एमाले देखाइदिने महेश बस्नेतको ओपन च्यालेन्ज छ ।

संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार हुँदा सबैभन्दा धेरै एमालेलाई दुखेको भन्दै उनले अहिलेको व्यवस्थामाथि प्रहार हुँदा एमाले मौन बस्न नसक्ने बताएका छन् ।
महेश बस्नेत र दुर्गा प्रशाई एकअर्कामा निक्कै आक्रामक रुपमा अघि बढ्दै गर्दा सरकारले पनि आफ्नो तयारी अघि बढाएको छ । मंसिर ७ गतेको सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै चौतर्फी दबाबमा रहेको सरकारले अवस्था हेरेर कफ्यू नै लगाउनेसम्मको तयारी गरिरहेको छ । निर्धारित आन्दोलन नरोक्ने हो भने मुडभेडको अवस्था सिर्जना हुने भएकोले कफर््यू नै लगाउनेसम्मको तयारी भएको गृहमन्त्रालयका अधिकारीहरु बताउँछन् ।

 

 

प्रतिक्रिया दिनुहोस