Latest News

प्रचण्ड नेतृत्वको सरकार ढाल्ने प्रस्ताव बोकेर कांग्रेस सांसद पुगे ओली निवास बालकोट

Nepalese Times August 14, 2023 (8 Month ago)    573 Views

प्रधानमन्त्री पुष्पकम दाहाल प्रचण्ड नेतृत्वको सरकार ढालेर एमाले र कांग्रेस सम्मिलित नयाँ समिकरणको सरकार गठन गर्ने प्रस्ताव बोकेर कांग्रेस सांसद एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन् । कांग्रेस सांसद सुनिल शर्मा सरकार ढाल्ने प्रस्ताव बोकेर बालकोट पुगेका हुन् । शेरबहादुर देउवाकी पत्नी आरजु राणा पनि सरकारसँग सन्तुष्ट छैनन् ।


नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेसका बालकृष्ण खाँण र एमालेका टोपबहादुर रायमाझी प्रहरी खोरमा छन् । ललिता निवास जग्गा प्रकरणमा विजय गच्छदारविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । यस्तोमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको कदम एमाले र कांग्रेसको एक तप्कालाई पटक्कै मन परेको छैन ।

कांग्रेस र एमालेका नेताहरु विभिन्न प्रकरणको फाईल पल्टाउँदै धमाधम पक्राउ पर्दै गर्दा माओवादी केन्द्रका नेताहरुले भने उन्मुक्ति पाईरहेको कांग्रेस एमालेका नेताहरुको आरोप छ  । पटक–पटक सुन तस्करसँग टेलिफोन संवाद गर्ने र सुन छुटाउन दबाब दिने माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको बाउछोरा खुलेआम हिँडिरहेका उनीहरुको भनाई छ ।

आफ्नालाई जोगाएर अरु पार्टीका नेताहरुलाई फसाउने रणनीति बोकेको आरोप खेपेका प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई जसरी पनि सत्ता बाहिर पुर्याउने योजना आरजु राणासहित कांग्रेसका अरु नेताहरुले बनाएका हुन् ।

प्रचण्ड नेतृत्वको सरकारले आफूहरुलाई बर्बाद पार्ने भयो, अब एमाले र कांग्रेसको सरकार बनाउनुपर्यो भन्दै कांग्रेसका सांसद सुनिल शर्मा बालकोट पुगेका हुन् । ओलीसँग भेटेपछि बाहिरिने क्रममा उनले प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री श्रेष्ठलाई आतंककारीको संज्ञा दिँदै पदबाट राजीनामा दिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस