Latest News

विजय गच्छदारलाई देउवाले नै भगाएको आरोप, बन्द कोठाभित्र के गर्दै छन् तीन शीर्ष नेता ?

Nepalese Times August 9, 2023 (8 Month ago)    554 Views

काठमाडौं । ४ पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी भयो, विजय गच्छदार गायब । पूर्वप्रधानमन्त्रीमाथि पनि अनुसन्धान गर्ने आदेश आयो, माधव नेपाल युरोप सरर । अनि तैँ चोर, मै पनि चोर, हामी सबै मिलौँ, काले काले मिलेर खाऔँ भाले भन्दै प्रचण्ड, देउवा र ओली गोप्य मिटिङमा व्यस्त, मस्त । भएन त गज्जब ?

मेरो गल्तीमा तँ पनि नबोल्, तेरो गल्तीमा पनि म बोल्दिनँ भनेर एकआपसमा कसम खाँदै छन् रे यी ३ ठूला नेताहरु । बाबुराम भट्टराईले पनि मलाई जोगाउनु है, बरु म माओवादीमै घुलित हुन तयार छु, तर म जोगिनुपर्छ भनेर प्रचण्डलाई कान फुकिरहेका छन् रे ।

संसदको गतिरोध हटाउने भनेर पटक–पटकको छलफल चलिरहँदा त्यो वैठकमा रास्वपा सभापति रवि लामिछाने र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन किन सहभागी छैनन् । उनीहरु पनि त राष्ट्रिय पार्टी नै हो । कारण हो, चरणबद्ध रुपमा चलिरहेको बैठकमा अर्कै केही कुरा पाक्दै छ । त्यो बैठकमा संसद अवरोध हटाउने विषय त बहाना मात्रै हो । कुन प्रकरणमा ककसलाई जोेगाउने सुत्रको खोजीमा छन् प्रचण्ड देउवा र ओली ।
प्रचण्डलाई वषमान पुन, कृष्णबहादुर महराको बाउछोरा, बाबुराम भट्टराई, माधव नेपाललगायत बचाउनुपर्ने छ । शेरबहादुर देउवालाई आफ्नै श्रीमती आरजु राणा राणा, मञ्जु खाँण र पक्राउ पुर्जी नै जारी भएका विजय गच्छदार बचाउँदै प्रहरीको खोरबाट बालकृष्ण खाँणलाई निकाल्नु छ । केपी शर्मा ओलीलाई विष्णु पौडेल बचाउँदै टोपबहादुर रायमाझीहरुलाई प्रहरकिो खोरबाट निकाल्नुपर्ने छ । अनि उनीहरु तारन्तारको बैठक नबसे को बस्छन् ?

ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ पुर्जी जारी भएसँगै नेपाली कांग्रेसका नेतासमेत रहेका पूर्वमन्त्री विजय गच्छदार सम्पर्कविहीन भएका छन् । उनलाई यो प्रकरणबाट जोगाउन शीर्ष नेताहरुकै सल्लाहमा भगाएको आशंका छ । अझ भनौँ कांग्रेस सभापति शेरबहादुर देउवा बालकृष्ण खाँडालाई जसरी पनि निर्दोष ठहर गर्ने र विजय गच्छदारलाई पक्राउ हुनबाट जोगाउने अस्त्र फ्याँक्दै छन् । यसअघि मञ्जु खाँण र आफ्नै श्रीमती आरजु राणालाई पक्राउ हुनबाट जोगाएको उनले अब विजय गच्छदार जोगाउनु छ ।

यसअघि पनि उनी सम्पर्कविहीन भएका थिए । शेरबहादुर प्रधानमन्त्री हुने वित्तिकै अर्थात कांग्रेस सत्तारुढ दल बन्ने वित्तिकै विजय गच्छदार झुल्किएका थिए । कांग्रेस केन्द्रीय समिति वैठकमासमेत सहभागी भएका उनी अहिले कहाँ कुन अवस्थामा छन् थाहा छैन । बालकृष्ण खाँणको जस्तो हविगत हुन नदिन उनलाई भगाईएको चर्चा भईरहेको छ । गच्छदारसहित तत्कालीन ४ मन्त्रीहरूविरुद्ध पक्राउ पुर्जी भएको हो ।
यस्तै सीआईबीले पूर्व प्रधानमन्त्रीहरु माधव कुमार नेपाल र डा. बाबुराम भट्टराईसहितका उच्च पदस्थ व्यक्तिहरुमाथि अनुसन्धान केन्द्रीत गरेको छ । तर, सर्वोच्चको आदेश आएको भोलिपल्ट नै माधव नेपाल भने युरोप भ्रमणमा निस्किएका छन् । सीआईबीले बयान लिने तयारी गर्दै गर्दा माधव नेपाल युरोप भ्रमणमा निस्किएका हुन् ।

पूर्व प्रधानमन्त्रीमाथि अनुसन्धानको तयारी हुँदै गर्दा ४ पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी नै जारी भएको अवस्थामा प्रमुख ३ दलका शीर्ष नेताहरु भने फेरि गोप्य कोठामा भेला हुन थालेका हुन् । सुन प्रकरणमा माओवादीका नेताहरु जोगाउने, ललिता निवास र भुटानी शरणार्थी प्रकरणमा कांग्रेस र एमालेका नेताहरु जोगाउने सुत्रको खोजीमा ओली प्रचण्ड र देउवाको छलफल भईरहेको देखिन्छ ।

अनुसन्धान प्रतिवेदनमा नीतिगत निर्णयमा संलग्नमाथि अनुसन्धान नगरेको भन्दै अदालतले प्रश्न उठाएपछि सिआइबी समस्यामा परेको छ । यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईसँग बयान लिएको थियो । तर, मन्त्रिपरिषद्को नीतिगत निर्णयमाथि भ्रष्टाचार मुद्दा चलाउन नमिल्ने प्रावधानका कारण मन्त्रीहरूविरुद्धसम्म मुद्दा चलेको थियो ।

सिआइबीसँग यो मुद्दाको अनुसन्धानका लागि अब करिब दुई साताको समय छ । संगठित अपराधको मुद्दामा आरोपी पक्राउ परेको ६० दिनभित्र अभियोग दर्ता गरिसक्नुपर्ने प्रावधान छ । सोमबार ४२ दिन पुगिसकेको छ । अनुसन्धान प्रतिवेदन अध्ययन र अभियोग तयार गर्न सरकारी वकिलले कम्तीमा एक साताको समय मागेको छ । जसअनुसार आगामी साता सिआइबीले अनुसन्धान सक्नुपर्ने हुन्छ । सुसासनको नारा घन्काईहेको सरकारको अवको कदम कस्तो रहला, अहिलेलाई प्रतिक्षामै बसौँ ।

प्रतिक्रिया दिनुहोस