Latest News

अस्पतालमा क्यान्सरसँग लडिरहेका कलाकार गाैतमलाई कलाकारकाे साथ, राज्यले हेर्नुपर्ने माग

Nepalese Times August 6, 2023 (8 Month ago)    486 Views

काठमाडौं । नक्कली प्रचण्डको भूमिकामा संधै अरुलाई हँसाईराख्ने नक्कली प्रचण्ड अर्थात कलाकार घनश्याम गौतम अहिले भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत छन् । कलाकार ,साहित्यकार, हाँस्य अभिनेता, बहुमुखी प्रतिभाका धनी गौतम भक्तपुर क्यान्सर अस्पतालको शैयामा क्यान्सरसँग लडिरहेका छन् ।

लगनशील, निस्वार्थ र निस्कलंकित राष्ट्रिय कलाकार,जनतालाई रुवाएर होइन हँसाएर मनमुटुमा बस्न सफल ब्यक्तित्व, राष्ट्रको अमुल्य सम्पत्ति गौतमलाई अहिले क्यान्सरले मात्रै पिरोलेको छैन । उनलाई आर्थिक अभाव भईरहेको छ ।

उच्च पदस्थ नेताहरु सामान्य स्वास्थ्य समस्या हुँदासमेत महंगो अस्पताल दौडिने गर्छन् । तर, जीवनभर जनता हँसाउने एक होनाहार कलाकारको जीवन रक्षाका लागि भने सरकारले कुनै व्यवस्था नगरेकोमा कलाकार घनश्यामको चित्त दुखाई छ ।

एक राष्ट्रिय ब्यक्तिव अस्पतालमा छट्पटीरहँदा ,सम्बन्धित पेशा व्यवसायका व्यक्तिहरु सान्त्वना दिनका लागि अस्पताल पुगिरहँदा चाँडै निको होस् भन्ने कामना गरिरहँदा एक कलाकार जसका लागि राज्यबाट कुनै सहयोग प्राप्त नभएको उनलाई भेट्न पुगेका कलाकारहरु बताउँछन् ।

सयौं नाटक, प्रहसन, टेलिश्रृंखला तथा फिल्महरुमा अभिनय गरेर दर्शकको मन जितिरहेका कलाकार गौतम विगत लामो समयदेखि पेटको समस्याबाट ग्रसित थिए । अहिले आएर उनी क्यान्सर रोगसंग लड्न बाध्य भएका छन् ।

कलाकार गौतमको स्वास्थ्यमा समस्या देखिन थालेको करिव दुई महिना भएको थियो ।हरेक वर्षको गाईजात्रा हाँस्य व्यंग्य कार्यक्रममा उत्साहपूवर्क सहभागिता जनाउँदै नक्कली प्रचण्डको रुपमा लाखौं दर्शकको मन जित्नै आएका कलाकार गौतम यसपटको गाईजात्राको मुखैमा बिरामी परेका छन् ।

आफ्ना हरेक हास्य व्यंग्य प्रस्तुतिमार्फत वर्षौंदेखि दर्शकहरुलाई हसाउँदै आएका कलाकार गौतम अहिले भने आफैँ पीडामा परेका छन् ।कलाकार गौतमको उपचारमा संलग्न चिकित्सकहरुका अनुसार उनी पेटको आन्द्रा (ड्युडेनम) को क्यान्सर रोगबाट पीडित भएका हुन् ।गौतमको अहिले अस्पतालकै आईसीयूमा राखेर उपचार भैरहेको छ ।

उनलाई केही चलचित्रकर्मी, कलाकार समाज, ईन्द्रेणी टीम  र कृष्ण कँडेललगायतले सकेको आर्थिक सहयोग गरिरहेका छन् । सहयोगका लागि केही प्रतिवद्दताहरु पनि आईरहेका छन् । तर राज्यबाट भने कुनै सहयोग प्राप्त भईरहेको छैन । कलाकार गौतमलाई सहयोग गर्न ९८४११०००९४ मा सिधै सम्पर्क गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस