Latest News

‘चरि जेलैमा’ पछि विष्णु माझीले गाईन् अर्को कारुणिक गीत (भिडिओसहित)

Nepalese Times July 27, 2023 (9 Month ago)    734 Views

काठमाडौं । विष्णु माझीको आवाज मन नपराउने प्राय कमै होलान् । उनको आवाजमा सार्वजनिक भएका हरेक गीतहरु हिट हुने गरेका छन् । चरि जेलैमा गीतले पाएको चर्चा अहिले पनि गीतसंगीत क्षेत्रमा हुने गरेको छ ।

अहिले फेरि गायिका माझीले अर्को कारुणिक गीत गाएकी छिन् । सिउँदो छ र सिन्दुर – छैनौ तिमी छैन संसार गीत हिजोआज धेरैले रुचाईरहेको गीत हो । नयाँ युटुव च्यानलबाट सार्वजनिक भएको यो गीतलाई धेरैले मन पराएका छन् ।

युटुव, टिकटकको लाईक कमेन्ट् हेर्दा दर्शकले निक्कै साथ दिईरहेको देखिन्छ । दस दिनसम्म अडियो म्युजिकको ट्रेन्डिङमा रहेको उक्त गीतको शब्द ,सङ्गीत कृष्ण भारद्वाज , स्वर लोकप्रिय गायिका विष्णु माझी र कृष्ण भारद्वाजले गायका छन् ।

डम्बर कुमारी र सुजन बाबू गुरुङ मुख्य पात्र रहेको यस गीतको म्युजिक भिडियोमा मौसम हिमालीको निर्देशन रहेको छ । यस गीतले श्रीमान श्रीमतीबीचको प्रेम सम्बन्धलाई बलियो पार्न सिकाएको छ ।

प्रतिक्रिया दिनुहोस