Latest News

नेप्लिज टाइम्समा प्रकाशित समाचारप्रति निरौलाको खण्डन (पत्रसहित)

Nepalese Times June 5, 2023 (1 Year ago)    411 Views

काठमाडौं । सोलुखुम्बको नेचासल्यान गाउँपालिका वडा नं. १ स्थायी घर भई काठमाडौंमा बस्दै आएकी श्रद्धा निरौलाले नेप्लिज टाईम्स डटकममा प्रकाशित समाचारको खण्डन गरेकी छिन् ।

वैशाख १६ गते प्रकाशित ‘करोडौं रकम ठगेको आरोपमा आस्थाविरुद्ध अख्तियारमा उजुरी शीर्षकको समाचारमा उनले खण्डन लेख्दै आफूले जिल्ला प्रशाशन कार्यलय सोलुखुम्बुबाट नेपाली नागरिकता लिएको र आफ्नो नागरिकता नम्बर एउटै (६४९०–३१७) रहेको बताएकी छिन् ।

प्रकाशित समाचारमा नागरिकता र शैक्षिक प्रमाणपत्रमा दुईवटा नाम रहेको भनिएकोमा उनले भनेकी छिन्, ‘मेरो शैक्षिक प्रमाणपत्र र नागरिकतामा मेरो नामको केही अक्षरहरु फरक पर्न गएको कारण मैले सम्बन्धित गाउँपालिका र जिल्ला प्रशासन गएर नियम पुर्वक नाम सच्याएकोमा उक्त विषयले दोहोरो नागरिकता लिएको प्रमाण नहुने जानकारी गर्दछु ।’

यस्तै उनले कोही कसैलाई प्रलोभनमा पारेर त्यस्तो केही रकम लेनदेन नभएको दाबी गरेकी छिन् ।

यस्तो छ उनको खण्डनः

 

 

प्रतिक्रिया दिनुहोस