Latest News

खप्तड टिभी डटकम प्रेस काउन्सिलको कालोसूचीमा

Nepalese Times May 22, 2023 (11 Month ago)    402 Views

जेठ, ८ । नेपाल प्रेस काउन्सिलले खप्तड टिभी डटकम नामक अनलाईनलाई कालोसूचीमा राखेको छ ।

अनलाईनले पत्रकार आचारसंहिता विपरित समाचार प्रकाशन गरेपछि काउन्सिलले कालोसूचीमा राखेको हो । अनलाईनले गएको चैत २५ गते काँग्रेस नेता ईन्द्र बानियालाई हनिट्रयापमा पारेको विषयबारे नियोजित रुपमा भ्रामक र तथ्यहिन समाचार प्रकाशन गरेको थियो ।
सोही समाचारले आफ्नो चरित्र हत्या भएको भन्दै नेता बानियाँले काउन्सिलमा उजुरी दिएका थिए ।

सोही विषयमा बारम्बार काउन्सिलले अनलाईनलाई स्पष्टिकरण सोधेको भएतापनि वेवास्ता गरेपछि काउन्सिले कालोसूचीमा राख्ने कदम चालेको हो । सोही अनलाईनका सम्पादक भने यतिबेला फरार रहेका छन् । उनीबिरुद्ध साइबर ब्यूरोमा उजुरी समेत परेको छ ।

प्रतिक्रिया दिनुहोस