Latest News

भुटानी शरणार्थी प्रकरणमा नयाँ ट्वीस्ट, प्रचण्ड, देउवा र ओलीबीच रातारात यस्तो सहमति ! (भिडिओसहित)

Nepalese Times May 19, 2023 (11 Month ago)    566 Views

काठमाडौं ।  नक्कली भुटानी शरणार्थी प्रकरणमा केही हाईप्रोफाईल पक्राउ परेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच तारन्तार छलफलले निरन्तरता पायो । उनीहरुको बैठकले नक्कली भुटानी शरणार्थी प्रकणमा नयाँ ट्वीस्ट आउनेगरी सहमति गरेको खुलेको छ ।

यो प्रकरणमा भीआईपीहरुलाई अनुसन्धानमा तान्ने काम भएसँगै ओली र देउवाले प्रचण्डलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भएको क्यानटोनमेन्ट घोटला काण्डको फाईल खोल्ने धम्की दिए । यो प्रकरणमा उजुरी परेपनि अख्तियारले अनुसन्धान नगरी तामेलीमा राखेको छ । अख्तियारमा एमाले अध्यक्ष ओली निकट मानिने प्रेम कुमार राई नै प्रमुख रहेकाले लडाकु शिविर घोटला काण्डको डर देखाएर प्रचण्डलाई तर्साउने प्रयास गरियो ।

बैठकमा केपी शर्मा ओलीले त्यो घोटला काण्ड बाहिर नल्याउने हो भने एमाले उपाध्यक्ष एवम् पूर्वगृहमन्त्री रामबहादुर थापा बादल र अख्तियार प्रमुख प्रेमकुमार राईलाई छुन नमिल्ने चेतावनी दिए । हुन पनि प्रेमकुमार राईलाई छुने वित्तिकै उनैको नेतृत्वमा रहेको अख्तियारले क्यानटोनमेन्ट घोटलाको फाईल खोल्नेमा प्रचण्डलाई डर छ ।

आफैंले कार्यकर्तामाझ बोलेको भिडिओसमेत मिडियामा सार्वजनिक भएपछि यहि प्रकरणसँग केही वर्षदेखि देउवा र ओलीसँग सम्झौता गर्दै आइरहेका छन् । उता सत्ता सहकार्यका प्रमुख पात्र शेरबहादुर देउवा आफ्नी श्रीमती आरजु राणा र मन्जु खाँणलगायतलाई छुने चेस्टा मात्रै गरेमा पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकार ढाल्नेसम्मको चेतावनी दिन्छन् ।

आरजुलाई छोए सत्ताबाट पनि बाहिरिने र बादल र प्रेम राईलाई छोए लडाकु घोटला काण्डको फाईल पनि खुल्ने भएपछि प्रचण्ड पनि ओली र देउवाको बोलीमा लोली मिलाउन तयार भएको स्रोतको दाबी छ । यो प्रकरणमा केही भीआईपीहरु पक्राउ परेलगत्तै यो सरकारले केही गर्यो है । सलाम छ प्रचण्ड सरकार भन्दै सामाजिक संजाल रंग्याउनेहरुको कमी भएन । आईएम विथ प्रचण्ड र आईएम विथ नारायणकाजी श्रेष्ठ भनेर ह्यासट्याग अभियान नै चल्यो ।

सत्ता पक्षकै प्रभावशाली नेता अझ भनौँ नेपाली कांग्रेसका सभापति शेरबहादुर निकट मानिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँण नै पक्राउ परेपछि त झनै प्रचण्ड नेतृत्वको सरकारको जयजयकार नै भयो । तर, प्रमुख दलका शीर्ष नेताहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीबीच जब तारन्तारको बैठक बस्यो, प्रकरणमा संलग्नता खुलेका ४ भीआईपीलाई बचाउने र लडाकु शिविरको घोटला काण्डबारे अख्तियारमा परेको मुद्दामाथि अनुसन्धान नगरेर माओवादी र प्रचण्डलाई बचाउने सहमति जुट्यो ।

पक्राउ पुर्जी जारी भइसकेकाले एमाले सचिव टोपबहादुर रायमाझीलाई जसरी पनि समात्नुपर्ने गृह प्रसासनलाई नैतिक दबाब थियो, पक्रियो । त्यो पनि देउवा, ओली र प्रचण्डकै सल्लाहमा । यदि टोपबहादुरविरुद्ध पनि पक्राउ पुर्जी जारी नभएको भए उनी यो प्रकरणबाट जोगिन्थे । अझ भनौँ रामबहादुर थापा बादल, आरजु राणाहरुजस्तै गरेर । पक्राउ परेका आरोपितको मुखबाट ति ४ जना भिआईपीहरुको नाम बहकिएको मात्रै होइन, संलग्नताको प्रमाणसमेत भेटिएको थियो । अनुसन्धान प्रक्रिया अन्तिम चरणमा पुग्दै गर्दा प्रचण्ड, देउवा र ओलीकै दबाबमा उनीहरुलाई भने प्रहरीले प्रतिवादी नबनाउने भएको छ ।

यो प्रकरणमा पूर्वगृहमन्त्री एवम् नेकपा एमाले उपाध्यक्ष रामबहादुर थापा मुख्य भुमिकामा देखिएका छन् । उनका सुरक्षा सल्लाहकार, उनका छोरा र सुरक्षा सल्लाहकारको छोरासमेत अनुसन्धानको घेरामा तानिँदा उनीमाथि भने चोखो पानी छम्क्याउने काम भएको छ ।
आफ्ना छोरा र सुरक्षा सल्लाहकारलाई पैसाका लागि यसो गर् र उसो गर् भनेर अह्राउने बादललाई भने अनुसन्धानको घेरामा नै नल्याइने भएको छ । उनीविरुद्ध अभियोग दर्ता नहुने भएको छ । बिचौलियाले उनलाई रकम नै दिएको बयान दिएका छन् । इन्द्रजित राईको मोबाइलबाट समेत उनी संलग्न रहेको प्रमाण फेला परेको छ।

यो प्रकरणमा रामबहादुर थापा बादल मात्रै होइन, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईलाई समेत चोख्याउने कसरत सफल भएको छ । रामबहादुरका सुरक्षा सल्लाहकार इन्द्रजितबाटै पूर्वगृहसचिव प्रेमकुमार राई संलग्न रहेको भन्ने खुलेको छ । राईविरुद्ध पनि प्रहरीले मुद्दा नचलाउने भएको छ । बिचौलियाले नगद लगेर तत्कालीन सचिव एवम् हालका अख्तियार प्रमुख प्रेम राईको गाडीमा राखिदिएको बयान दिएका छन् ।

थापा गृहमन्त्री र राई गृहसचिव हुँदा नै ठगीको शृंखला सुरु भएको थियो । जसले करोडौँ असुलेको प्रमाण प्रहरीले फेला पारिसकेको छ । थापाका छोरा प्रतीकलाई भने प्रहरीले फरारको सूचीमा राखेर मुद्दा चलाउने भएको छ । तर, छोरा र सुरक्षा सल्लाहकार अनुसन्धानमा तानिँदा केपी शर्मा ओलीकै दबाबमा पूर्व गृहमन्त्री बादल र अख्तियारका प्रमुख राईलाई भने उन्मुक्ति दिने तयारी भएको हो । २०७६ जेठ ३० गतेको मन्त्रिस्तरीय निर्णयबाट भुटानी शरणार्थीको समस्याको स्थायी र दीर्घकालीन समाधानका उपायहरु पहिल्याउन भन्दै पूर्वसहसचिवको नेतृत्वमा एउटा कार्यदल बनाइएको थियो ।

सोही कार्यदलको प्रतिवेदनमा घुसेर नेपालीलाई शरणार्थी भन्दै अमेरिका पठाउने नाममा ठगी भएको खुलेको छ । तर यो निर्णयमा संलग्न देखिएका बादल र राईविरुद्ध अभियोग नलगाउने तयारी प्रहरी र सरकारी वकिलले गरेको हो । यो प्रकरणमा ठूला दल भित्रभित्रै मिलेको विषयलाई यतिले मात्रै पुष्टि गर्दैन । एमालेले बादल र राईलाई बचाउन सफल हुँदा कांग्रेस सभापति शेरबहादुर देउवाले पनि आफ्नी पत्नी आरलु राणा र नजिककी नेतृ मञ्जु खाँणलाई बचाउन सफल भएका छन् ।

बिचौलीयाहरुले उनीहरुले पनि रकम बुझेको भनेर नाम लिएका छन् । म्यासेजमा समेत उनीहरु संलग्न रहेको भेटिएको अनुसन्धान अधिकारीहरु बताउँछन् । तर, पूर्वप्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाकी श्रीमती भएकै नाताले आरजु राणा देउवा र आरजुको नजिककी भनिकी कांग्रेस नेतृ मञ्जु खाँणविरुद्ध अभियोग लाग्ने कुरा त परको कुरा, अनुसन्धान नै नहुँने भएको छ । मोबाइल डिजिटल फरेन्सिक ल्याबमा परीक्षण गरिसकिएको छ । रिपोर्टमा मञ्जु र आरजुको बारेमा समेत नाम उल्लेख रहेको अनुसन्धानमा खटिएका एक अधिकारी बताउँछन् ।

यो प्रकरणमा गृहमन्त्रालयकै गाडिमा बोराका बोरा पैसा ओसारेको तथ्य पनि बाहिर आएको छ । पैसा ओसार्ने व्यक्ति र पैसा ओसार्न प्रयो गरिएको गाडिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तर, त्यो पैसा कसलाई बुझाइयो ? भनेर अभियुक्तलाई सोध्दा उनीहरुले नाम लिएका ४ जना भिआईपीहरुलाई भने अनुसन्धान प्रक्रियामा नै नल्याउने तयारी भएको छ ।

यति भइकसेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रश्न गर्न मन लाग्यो, आरजु, बादल, प्रेम र मन्जुलाई जोगाउने प्रपन्चबाट तपाईहरु किन उम्कन सक्नुभएन ? आरजु र मन्जुलाई समात्ने वित्तिकै कांग्रेससँगको गठबन्धन तोडिने, तपाईहरुको सरकार ढल्ने । बादल र प्रेम राईलाई समात्ने साहस मात्रै गर्नेवित्तिकै तपाईहरु अख्तियारबाट डामिने खतरा देखेर हो < त्यो ३ दलको तारन्तारको बैठकमा कांग्रेस र एमालेका ४ भीआईपीलाई जोगाउने र माओवादीलाई अख्तियारबाट जोगाउने सहमति भएको हो कि हैन ? जनता जवाफ खोजिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस