Latest News

करोडौं रकम ठगेको आरोपमा आस्थाविरुद्ध अख्तियारमा उजुरी !

Nepalese Times April 30, 2023 (11 Month ago)    466 Views

काठमाण्डौं । मिटरव्याज पीडितहरुको आन्दोलन र पीडा राष्ट्रिय समस्या बनिरहेकै समयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एक युवतीले मिटरव्याजकै नाममा करोडौं रकम ठगेको उजुरी परेको छ ।

सोलुखुम्बु नेचासल्यान गाउँपालिका वडा नं. १ स्थायी घर भई हाल कागेश्वरी न.पा. वडा नं. ८ गोठाटारमा बस्दै आएकी बर्ष ३७ कि आस्था निरौलाविरुद्ध उजुरी परेको हो । उनले मिटर ब्याजमा करोडौं रकम असुलेर अहिले सम्पर्कविहीन भएको पीडितहरुले बताएका छन् ।

उजुरीमा भनिएको छ, ‘सोलुखुम्बु नेचासल्यान गाउँपालिका वडा नं. १ स्थायी घर भई हाल कागेश्वरी नगरपालिका ८ गोठाटारमा बस्दै आएकी  बर्ष ३७ कि आस्था निरौलाले मिटर व्याजको प्रलोभन दिई करोडौं रकम लिएकी हुन् । यस रकमबाट गोठाटारमा उनले चार तले घर बनाएकी छन् । निरौलाले सामाजिक सञ्जाल फेसबुकमा आस्था निरौला भनेर आफूलाई चिनाएकी छन् ।’

वागबजारतिर कन्सल्टेन्सीमा काम गर्ने उनलाई त्यस क्षेत्रमा पनि आस्था नै भनेर चिनिने पीडितहरुको भनाई छ । तर शैक्षिक प्रमाणपत्रमा उनको नाम सारदा निरौला रहेको र शारदाकै नाममा नेपाली नागरिकता बनाएको आस्थामाथि आरोप छ ।

पछि काठमाडौमा विद्यार्थीका रुपमा आएपछि चुलिएको महत्वाकांक्षा पूरा गर्ने क्रममा उनले मिटरव्याज लगायतका कार्यहरुमा आफूलाई संलग्न गराई करोडौंको मालिक बनेकी पीडित भनिएकाहरुको भनाई छ। नदेखिने यस्तै कमाईबाट आएको करोडौंबाट उनले गाउँमा समेत आहा भन्ने घर बाबुआमाका लागि निर्माण गरेकोसमेत आरोप लागेको छ । उनले नागरिकतामा नाम नै परिवर्तन गरेको र उनले दोश्रो नागरिकतामा श्रद्धा निरौला नाम राखेकी छिन् ।

नेपाली कांग्रेसको नेतृका रुपमा आफूलाई प्रस्तुत गर्न रुचाउने उनले अहिलेसम्म काग्रेस पाटीका क्रियाशील सदस्यसम्म नलिएकी उनले पुरानो नाम सारादा, फेसबुकको नाम आस्था र हालको नागरिकता तथा मतदाता नामावलीमा नाम श्रद्धा निरौला नाम भएकी उनी अचेल पुराना सबै गाढा सम्बन्धहरु तोडेर नयाँ सम्बन्ध र जीवन शुरु गर्ने तयारीमा रहेको आरोपसमेत लागेको छ ।

प्रतिक्रिया दिनुहोस