Latest News

चर्चित उपन्यास ‘ऐलानी’का लेखक विवेक ओझाले लिएर आए ‘ऐँठन’

Nepalese Times March 25, 2023 (11 Month ago)    722 Views

काठमाडौं । विवेक ओझा पाँच वर्षपछि नयाँ उपन्यास ‘ऐँठन’ लिएर आएका छन्। चर्चित उपन्यास ‘ऐलानी’का लेखक ओझाले नयाँ उपन्यास ‘ऐँठन’ ५ वर्षपछि सार्वजनिक गरेका हुन् ।

द्वन्द्वपीडित साझा चौतारीका संस्थापक अध्यक्ष सुमन अधिकारी, लेखक तथा राजनीतिक अभियन्ता केशव दाहाल र माओवादी केन्द्रकी केन्द्रीय सदस्य रेणु चन्दले लेखक ओझाको उपन्यास ‘ऐँठन’ सार्वजनिक गरेका हुन् ।

पुस्तकले दुई दशकअघिको माओवादी विद्रोहलाई नयाँ पुस्ता माझ चिनाउने गरि लेखक ओझाले सजिव चित्रण गरेको कार्यक्रममा सुमन अधिकारीले बताएका थिए ।

राज्यले द्वन्द्वपीडितका भावनालाई राज्यले सम्बोधन नगरेका अवश्थामा यस पुस्तकले समेत घच्घच्याउने आशा राखेको उनले बताए ।

राजनीतिक अभियन्ता तथा लेखक केशव दाहालले पुस्तकमा केही दशकअघिको नेपालीले भोगेको द्वन्द्वको अकल्पनीय वर्णनले पाठकलाई बाँधेर राख्ने ताकत भएको बताए।

माओवादीकी केन्द्रीय सदस्य रेणु चन्दले उपन्यासको शैलीले पाठकलाई ताजगी दिने खालको साथ घटनाक्रमको सिलसिला मिलेको हुँदा पढ्न सहज भएको बताइन्।

उनले लेखकको भाषाको सरलता र आञ्चलिक भाषा समेतको प्रयोग गर्ने कलाले आफूलाई प्रभावित बनाएको बताइन्।

प्रतिक्रिया दिनुहोस