Latest News

मेयर बालेनलाई पदबाट राजीनामा दिन कसले लगाउन खोज्दै छन् ? (भिडिओसहित)

Nepalese Times February 25, 2023 (1 Year ago)    254 Views

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफूलाई मेयर पदबाट राजीनामा दिन लगाउन खोजेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले आफूलाई राजीनामा दिन दबाब आएको बताएका हुन्।

‘मेयर पदबाट मलाई आज राजीनामा दिन लगाउन खोज्दैछन्। यो देश कहिल्यै पनि बन्दैन,’ उनले भने। उनलाई कसले दबाब दिएको वा कुन सन्दर्भमा लेखेको खुलाएका छैनन्।

गत वैशाखमा निर्वाचित भएसँगै मेयर बालेनले लोकप्रिय योजना सार्वजनिक गरे। जनताका सामान्य तर दैनिक भोग्दै आएको समस्यालाई आफ्नो योजनामा उतारे। लोकप्रिय योजनाको निकै चर्चा पनि भयो तर यति वेला कतिपय विषय अदालतमा पुगेका छन् भने कतिपय योजनामा आलोचना खेप्दै छन्।

पछिल्लो समय मेयर साहविरुद्धको जनमत बढ्न थालेको छ । केहि समयअघि मात्रै काठमाडौंमा उनीविरुद्ध आन्दोलन भएको थियो । गरीबको उठिबास लगाउन खोजेको, सम्पदा मास्न खोजेको आरोप बालेनमाथि छ । महानगरले मनपरिरुपमा डोजर चलाउन थालेपछि विरोध हुन थालेको हो ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह बालेनले पद सम्हालेदेखि नै ‘प्रशंसा र आलोचना’ दुवै खेप्दै आएका छन् । उनी नगरप्रमुख भएपछि महानगरले चालेका कतिपय कदमलाई लिएर मानिसहरूले प्रशंसा गरेका छन् भने कतिपय घटनामा उनी तिखो आलोचनामा पनि पर्ने गरेका हुन् ।

थापाथलीस्थति वाग्मती नदी किनारामा रहेको सुकुम्बासी बस्ती हटाउने उनको अभियानका कारण साहको धेरैले आलोचना गरिरहेका छन् । यद्यपि उक्त विषयमा उनको कदमको प्रशंसा गर्नेहरू पनि उत्तिकै  रहेका छन् ।

यस्तै उनी सामाजिक सञ्जालमा धेरै दिनदेखि जुन सुकै व्यक्तिसँग पनि जुहारी खेल्न थालेको विषयले पनि आलोचित बनेका थिए । चलचित्र निर्देशक विशाल भण्डारीसँग सामाजिक सञ्जालमा जुहारी खेली आलोचना व्यहोरिरहेका उनी हाँस्य कलाकार दीपकराज गिरीको वालमा लेखेको कमेन्टले झन अर्को आलोचना खेप्नुपरेको थियो ।

हाँस्य कलाकार गिरीले बालेनको समर्थनमै स्टाटस लेखेका थिए। तर, के बुझेर हो या नबुझेर बालेनले त्यसमा पनि आक्रोशित भाव व्यक्त गरेका छन्। गिरीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए, ‘हामीले कांग्रेस, एमाले र माओवादीलाई विश्वास गर्यौं। अब रवि, बालेनहरु आएका छन्। उनीहरुलाई कमसेकम ५ वर्ष त विश्वास गरौं।’

यहि स्टाटसमा बालेनले अहंकारयुक्त प्रतिक्रिया दिएका हुन्। उनले गिरीको लेखमा जवाफम दिएका छन्, ‘बालेनहरु भनेको कति जना हो? बालेन जस्तै अरु पनि २, ३ जना छन्? छन् भने किन ५ वर्ष कुर्नु?’

प्रतिक्रिया दिनुहोस