Latest News

रास्वपाले जेठसम्ममा देशभर संगठन विस्तार गर्ने, कसले कुन जिम्मेवारी पाए ? (सूचीसहित)

Nepalese Times January 23, 2023 (1 Year ago)    344 Views

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आउँदो जेठसम्ममा देशभर संगठन विस्तार गर्ने गर्ने भएको छ । आईतबार बसेको केन्द्रीय समितिको बैठकले चैतसम्ममा जिल्ला निर्वाचन समितिहरुको गठन र जेठ मसान्तसम्ममा पालिका र वडास्तरीय समितिहरु गठन गर्ने रणनीति तय भएको रास्वपाका नेता विष्णु कुमार श्रेष्ठले नेप्लिज टाइम्सलाई जानकारी दिए ।

त्यस्तै यसै माघ मसान्तभित्र प्रदेश समितिहरुको विस्तारित भेला आयोजना गरी प्रदेश समतिहरुको पुनर्गठन गर्ने कार्यक्रम तय भएको उनले जानकारी दिए ।

नेता श्रेष्ठका अनुसार माघ १४ गते प्रदेश १ को विराटनगरमा, माघ १६ गते मधेश प्रदेशको जनकपुरमा, माघ १८ गते बागमती प्रदेशको मकवानपुरमा, माघ २१ गते गण्डकी प्रदेशको पोखरामा, माघ २४ गते लुम्बिनी प्रदेशको दाङमा, माघ २६ गते सूदुरपश्चिम प्रदेशको धनगढीमा र माघ २८ गते कर्णाली प्रदेशको सुर्खेतमा भेला आयोजना गरी प्रदेश समितिहरुको पु्नर्गठन गर्न लागिएको हो ।

यस्तै पार्टीको विधान बमोजिम विभिन्न केन्द्रीय आयोग, विभाग तथा समितिहरु पनि गठन गरिएको छ । केन्द्रीय निर्वाचन आयोगको सदस्यमा नारायण प्याकुरेल र केन्द्रीय लेखा आयोगको प्रमुखको जिम्मेवारी अभिषेक घिमिरेलाई दिइएको छ ।

यस्तै केन्द्रीय अनुशासन तथा आचरण समितिको प्रमुखमा डा. भरतमणि देवकोटा र सदस्यहरुमा रामहरि सुवेदी, रमाकान्त रिमाल र यज्ञमणि न्यौपानेलाई जिम्मेवारी दिइएको छ ।

विवाद समाधान समिति प्रमुखको जिम्मेवारी विष्णु कुमार श्रेष्ठले पाएका छन् । पुनरावेदन समिति प्रमुखमा विपिन कुमार आचार्य र सदस्यमा दिपक बोहोरालाई जिम्मेवारी तोकिएको छ ।

यस्तै नीति तथा विचार विभाग प्रमुखमा पार्टी प्रवक्तासमेत रहेको डा. मुकुल ढकाल, अभियान तथा प्रचार प्रसार विभाग प्रमुखमा विपिनकुमार आचार्य, मानवीय विकास प्रवद्र्घन विभाग प्रमुखमा कुशुम महर्जन, प्रशिक्षण विभाग प्रमुखमा डा. मुकुल ढकाल तोकिएका छन् ।

यस्तै सङ्गठन विभाग प्रमुखमा कविन्द्र बुर्लाकोट, उपप्रमुखमा विष्णुकुमार श्रेष्ठ र सचिवमा शंकर श्रेष्ठले जिम्मेवारी पाएका छन् । उत्पादन प्रवर्धन विभाग प्रमुखमा रामकृष्ण भट्टराई, विकास योजना तथा नीति तर्जुमा विभाग प्रमुखमा डा. अरनिको पाँडे, केन्द्रीय RAT संयोजन विभाग प्रमुखमा– विष्णुकुमार श्रेष्ठ, र सूचना तथा प्रविधि विभाग प्रमुखमा विपिन कुमार आचार्यलाई जिम्मेवारी दिइएको छ ।

यस्तै बैठकले संगठन विस्तार सम्बन्धी कार्यविधि तथा पार्टीको संसदीय दलको विधान र केन्द्रीय RAT कार्यविधि समेत पारित गरेको छ । बैठकमा पार्टीको विधान बमोजिम केन्द्रीय पार्टी पदाधिकारी सम्मिलित केन्द्रीय कार्यसम्पादन समिति गठन लगायतका विषयहरुमा निर्णयहरु भएका छन् ।

यस्तै आईतबार नै बसेको आजै बसेको पार्टीको संसदीय दलको बैठकले दलको प्रमुख सचेतकमा सन्तोष परियार र दलको उपनेतामा विराजभक्त श्रेष्ठलाई मनोनयन गरेको पार्टी प्रवक्ता एवम् महामन्त्री मुकुल ढकालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस