Latest News

यी हुन् नेशनल लेवल ह्याण्ड राईटिङ कम्पिटिसनमा विजयी भएकाहरु (नामावलीसहित)

Nepalese Times December 26, 2022 (1 Year ago)    184 Views

काठमाडौं । राष्ट्रिय स्तरको हस्तलेखन प्रतियोगीतामा विजयी भएकाहरुलाई पुरस्कार वितरण गरिएको छ । बालविकास ‘एनसीमास’ प्रा.लि. ले गरेको ‘नेशनल लेवल ह्याण्डराईटिङ कम्पिटिसन–२०२२’ मा विजयी भएका विभिन्न तहका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको हो ।

काठमाडौं युनिभर्सिटी एजुकेसन डिपार्ट शिक्षातर्फका डिन डा. बालचन्द्र लुईंटेल प्रमुख अतिथि र चर्चित हाँस्य कलाकार जितु नेपाल विषेश अतिथि रहेको कार्यक्रममा विभिन्न तहमा प्रथम, द्धितिय र तृतीय भएका विद्यार्थीलाई पुरस्कार वितरण गरिएको हो ।

नतिजा अनुसार जुनियर लेवल (कक्षा १,२,३) को अंग्रेजी संस्करणतर्फ पिक प्वाईन्ट पब्लिक स्कुलका ग्रिक्ली फडेरा प्रथम, एडु समिट स्कुलका स्पर्सी गौतम दोस्रो दोस्रो र किन्डरजोय मन्टेश्वरी स्कुलका रियान्स बुढाथोकी तेस्रो भए ।

यस्तै जुनियर लेवल (कक्षा १,२,३) को नेपालीतर्फ फ्लोरेन्स सेकेन्डरी स्कुलका मधुर आचार्य प्रथम, नवनित टुडलर जोनका प्रत्यासी पोख्रेल दोस्रो र पिक प्वाईन्ट वब्लिक स्कुलका काब्या तिमिल्सिना तेस्रो भए ।

मिडिल लेवल (कक्षा ४,५,६) को अंग्रेजी संस्करणतर्फ अरुणी सेकेन्डरी ईंलिस बोर्डिङ स्कुलका अस्मी थापामगर प्रथम, दिपशिखा हाईस्कुलका एन्जल सेर्पा दोस्रो तथा कन्या मन्दिर सेकेन्डरी स्कुलका यमिमा तामाङ र फ्लोरेन्स सेकेन्डरी स्कुलका दिया तिवारी तेस्रो भए ।

मिडिल लेवल (कक्षा ४,५,६) को नेपाली संस्करणतर्फ सिद्धार्थ पब्लिक एकेडेमीका रचना आचार्य प्रथम, फ्युचर स्टार ईलिस सेकेन्डरी स्कु्लका श्रेया पराजुली दोस्रो र भेनस पब्लिक स्कुलका नुजला श्रेष्ठ तेस्रो भए ।

यस्तै सिनियर लेवल (कक्षा ७,८,९) को अंग्रेजी संस्करणतर्फ अरुणी सेकेन्डरी ईंलिस बोर्डिङ स्कुलका ईक्षा चापागाई प्रथम, अद्धितिय बोर्डिङ स्कुलका सरस्वती कुमारी जोशी दोस्रो र पिक प्वाईन्ट एकेडेमीका सुमिना राई तेस्रो भए ।

सिनियर लेवल (कक्षा ७,८,९) को नेपाली संस्करणतर्फ नर्थ पोईन्ट एकेडेमीका निशा साही प्रथम, मातृभुमी स्कुलका मानुसी लुईटेल दोस्रो र सुप्रिम एकेडेमीका सुविना केसी तेस्रो भए ।

विजेता हुनेमध्ये पहिलो हुनेले १० हजार रुपैयाँ, दोस्रो हुनेले ८ हजार रुपैयाँ र तेस्रो हुनेले ६ हजार रुपैयाँसहितका पुरस्कारहरु पाएका आयोजक बालविकास ‘एनसीमास’ प्रा.लि.ले जनाएको छ ।

प्रतियोगीतामा एक सयभन्दा धेरै स्कुलका एक हजारभन्दा धेरै विद्यार्थीले प्रतिष्पर्धा गरेका थिए । सामाखुशीमा रहेको तक्षशिता कलेजमा यहि पौष ९ गते भएको प्रतियोगीतामा १ लाख ५० हजार रुपैयाँ बराबरको पुरस्कार वितरण गरिएको हो।

प्रतिक्रिया दिनुहोस