Latest News

अहिलेसम्म कुन ठाउँमा कति प्रतिशत मत खस्यो ? यस्तो आयो पछिल्लो अपडेट

Nepalese Times November 20, 2022 (1 Year ago)    455 Views

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जारी मतदानमा पूर्वी नवलपरासीमा दिउँसो २ः३० बजेसम्म ४५ प्रतिशत मत खसेको छ । दुई लाख ६० हजार चार सय ६१ मतदाता रहेको यस जिल्लामा एक लाख १० हजार सात सय ९० मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

यहाँका तीन सय दुई मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान भइरहेको निर्वाचन कार्यालयको भनाइ छ । थोरै मतदाता रहेको पहाडी भेगमा उत्साहजनकरुपमा मतदान भइरहेको कार्यालयले बताएको छ ।

यस्तै ललितपुरमा १ बजेसम्म ३६ दशमलव १३ प्रतिशत मतदान प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज जारी मतदानमा ललितपुर जिल्लामा दिउँसो १ बजेसम्म ३६ दशमलव १३ प्रतिशत मतदान भएको छ ।

“आज दिउँसो १ बजेसम्म दुई सय ९० वटै मतदान केन्द्रमा गरी ३६ दशमलव १३ प्रतिशत मतदान भइसकेको छ”, प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले भन्नुभयो, “निर्धारित समयसम्म ६० प्रतिशतभन्दा बढी मतदान हुने अपेक्षा गरेका छौँ ।”

उहाँका अनुसार जिल्लाको एउटा मतदान केन्द्रमा अहिले मतदान रोकिएको छ । ललितपुरको क्षेत्र नम्बर ३ मा पर्ने वडा नं २८ अन्तर्गत वडा कार्यालय भवनमा रहेको मतदान केन्द्रमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपत्र समानुपातिक मतपेटिकामा र समानुपातिक मतपत्र प्रत्यक्षतर्फको मतपेटिकामा परेपछि मतदान रोकिएको हो ।

यस्तै संखुवासभाको दुई वटा मतदान केन्द्रमा अवरुद्ध भएको मतदान पुनः सुरु भएको छ । खाँदबारी नगरपालिका–३ स्थित महेन्द्र माध्यमिक विद्यालयको (ग) मतदान केन्द्र र चैनपुर नगरपालिका –६ स्थित सरस्वती माध्यमिक विद्यालयमा रहेको (ख) केन्द्रमा मतदान अवरुद्ध भएको थियो ।

मतदान अधिकृतले प्रतिनिधिसभाको मतपत्र दिनुपर्नेमा प्रदेशसभातर्फको मतपत्र दिएपछि विवाद भएको हो । महेन्द्र मावि (ग) केन्द्रका मतदान अधिकृतले प्रतिनिधिसभा तर्फको ३१ मतपत्र प्रदेशसभा तर्फ र प्रतिनिधिसभाको ३१ मतपत्र प्रदेशसभाको बुथमा परेपछि विवाद उत्पन्न भएको थियो ।

मुख्य निर्वाचन अधिकृत टेकनाथ गौतम, प्रमुख जिल्ला अधिकारी वीरेन्द यादव, सुरक्षा निकायका प्रमुख र राजनैतिक दलका प्रतिनिधि बीचको सहमतिसँगै डेड घण्टा पछि मतदान सुरु भएको साहयक निर्वाचन अधिकृत डाक्टर इन्द्र सापकोटा जानकारी दिए ।

उनका अनुसार ३१ वटा मतपत्र खसेका मतपेटिका सिल गरेर राखिएको बताए । उक्त मतपत्र प्रदेशको प्रदेशसभामा र प्रतिनिधिसभाको प्रतिनिधिसभा सदस्य तर्फ नै गणना हुने सहमति भएको उनले बताए ।

त्यस्तै गरी सरस्वती मावि चैनपुरमा ४१ थान मपतपत्र प्रदेशसभाको मतपत्रमा परेको प्रतिनिधिसभा तर्फको मतपेटिमा खसेपछि विवाद भएको थियो । प्रयोग भएका ४१ थान मतपत्र परिवर्तन गरी अर्को मतपेटिका प्रयोग गर्ने सहमित भएको छ ।

प्रतिक्रिया दिनुहोस