Latest News

मतदानपछि भुवन केसीले गरे गम्भीर घोषणा, कांग्रेसभित्र खासखुस !

Nepalese Times November 20, 2022 (1 Year ago)    571 Views

काठमाडौं । अभिनेता तथा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले भविष्यमा कुनै दलले उम्मेदवार बन्ने मौका दिए पछि नहट्ने बताएका छन् ।

काठमाडौं क्षेत्र नम्बर २ स्थित गुह्येश्वरी मावि केन्द्रमा मतदान गरेपछि केसीले आफ्नो रुचि राजनीतिमै भएकाले अर्को चुनावमा मौका पाए उम्मेदवार बन्ने बताएका हुन् ।

अहिलेको चुनावले परिवर्तनको संकेत गरेको भन्दै उनले नेपाली कला, संस्कृति र फिल्मको प्रवद्र्धनका लागि कलाकार उम्मेदवार विजयी हुनुपर्ने धारणा राखे । उनले चुनावमा उम्मेदवार बनेका कलाकारलाई जितको शुभकामना समेत दिए ।

यसअघि उनी नेपाली कांग्रेस प्रवेश गरेलगत्तै चलचित्र विकास बोर्डको अध्यक्ष बनेका छन् । अबको चुनावमा आफू उम्मेदवार बन्ने केसीले प्रतिक्रिया दिएसँगै नेपाली कांग्रेसभित्र भने खासखुस सुरु भएको छ । कतिपयले उनको यो अभिव्यक्ति अर्थपूर्ण रहेको बताइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस