Latest News

अहिलेसम्म कति प्रतिशत मत खस्यो, यस्तो छ पछिल्लो अपडेट

Nepalese Times November 20, 2022 (1 Year ago)    861 Views

काठमाडौं । आइतबार दिउँसो १२ः ४५ बजेसम्म ३२ प्रतिशत मत खसेको छ। निर्वाचन आयोगले आइतबार पत्रकार सम्मेलन गरेर सो जानकारी गराएको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आइतबार दिउँसो १२ बजेर ४५ मिनेट जाँदा ३२ प्रतिशत मतदान भएको जानकारी दिए । प्रवक्ता पौडेलले छिटपुट घटनाबाहेक शान्तिपूर्ण र उत्साहजनक ढंगले मतदान भएको पनि जानकारी दिए ।

यस्तै आज जारी मतदानका क्रममा जिल्लामा अपराह्न १ बजेसम्ममा ३५ प्रतिशत मत खसेको छ । प्रमुख जिल्ला अधिकारी बेधनिधि खनालका अनुसार मतदान कार्य छिटपुट घटनाबाहेक शान्तिपूर्ण रहेको छ ।

जिल्ला निर्वाचन अधिकारी विकास शर्मा रिजालले एक अस्थायीसहित एक सय ४६ मतदानस्थलमा मतदान सुरु भएको बताउनुभयो । ती स्थलका तीन सय २१ मतदान केन्द्रमा मतदान जारी रहेको हो । दुई प्रतिनिधिसभा तथा चार प्रदेशसभा निर्वाचनका लागि सिन्धुपाल्चोकमा जम्मा दुई लाख ६० हजार दुई सय ७३ मतदाता छन् ।

यस्तै लतिपुर नगरपालिकाको बागमति गाउँपालिका वडा नं ५ स्थित आश्राङको भगवति प्राविमा साढे १२ बजेबाट मतदान सुरु भएको छ । वडा नं ५ का अध्यक्ष नारायण बमजनका अनुसार हिजो राजनीतिक दलबीच इच्छाएको व्यक्तिले मतदान गर्न पाउने सहमति भए पनि आज सोही विषयमा विवाद उत्पन्न भएपछि मतदान सुरु हुन सकेको थिएन । “विवादपछि एकाघरकाले मतदान गर्न पाउने सहमति भएपछि यहाँ मतदान सुरु भएको हो”, उनले भने ।

प्रतिक्रिया दिनुहोस