Latest News

रविले प्रदेशसभाको मतपत्रमा किन लगाएनन् स्वस्तिक छाप ?

Nepalese Times November 20, 2022 (1 Year ago)    494 Views

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रदेश सभा सदस्यको मतपत्रमा स्वस्तिक छाप नलगाई मत खसालेका छन् ।

काठमाडौंको महांकाल चौरस्थित उपत्यका खानेपानी लिमिटेड केन्द्रबाट मत हाल्दै उनले प्रत्यक्ष र समानुपातिक दुवैमा स्वस्तिक छाप लगाएनन् ।

उनले चितवन क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका छन् । मतदाता नामावलीमा उनको नाम चितवनमा नभएकाले उनी आफूले आफैंलाई भोट हाल्न पाउँदैनन् ।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेशसभातर्फ उम्मेदवार उठाएको छैन । प्रदेश संरचना परिवर्तन गर्नुपर्ने पक्षमा रहेका उनले यो पटकको चुनावमा समेत प्रदेशसभा सदसुयलाई‍ भोट नदिएका हुन् ।

प्रतिक्रिया दिनुहोस