Latest News

सत्ता गठबन्धनका साझा उम्मेदवारको सूची सार्वजनिक

Nepalese Times October 28, 2022 (1 Year ago)    681 Views

काठमाडौं । सत्ता गठबन्धनमा रहेका दलहरूले सबै निर्वाचन क्षेत्रका साझा उम्मेदवारहरूको सूची सार्वजनिक गरेका छन् । प्रतिनिधि सभातर्फ देशभरको १६५ वटै निर्वाचन क्षेत्रमा साझा उम्मेदवारहरूको सूची सार्वजनिक गरिएको हो ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले हस्ताक्षर गरेको विज्ञप्तिमा गठबन्धन दलहरूका उम्मेदवारहरूलाई विजयी गराउन अपिल गरिएको छ ।

विज्ञप्तिमा गठबन्धन दलबाट दोहोरो उम्मेदवारी परेको सम्बन्धमा भने मित्रवत् प्रतिष्पर्धा गर्ने सहमति भएको उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘केही स्थानहरूमा मित्रवत प्रतिष्पर्धा गर्ने गरी तय गरिएको छ, ति स्थानहरूमा एक आपसमा समान र सौहार्दपूर्ण व्यवहार गर्ने समझदारी भएको छ ।’

प्रतिक्रिया दिनुहोस