Latest News

रमेश दुलालले यसरी गरे काग सम्मेलन, कागले संसद भवन घेर्ने तयारी (भिडिओसहित)

Nepalese Times October 23, 2022 (1 Year ago)    995 Views

काठमाडौं । यमपञ्चकको पहिलो दिन आइतबार काग तिहारका अवसरमा कलाकार रमेश दुलालले काग सम्मेलन गरेका छन् । काठमाडौँको रत्नपार्कमा उनले १९औँ ‘काग सम्मेलन’ गरेका हुन् ।

इलाम घर भएका रमेश दुलालले यसअघि पनि रत्नपार्कस्थित शान्तिबाटिकामा काग सम्मेलन गर्दै आएका थिए । १९ बर्षदेखी काग सम्मेलन गर्दे आएका रमेशले यसबर्षको काग सम्मेलनबाट फरक सन्देश दिएका छन् । उनले देशमा रहेका उमेर पुगेका नेताहरुले आराम गरुन् र युवालाई देश हाँक्ने अवसर दिनुपर्छ भन्ने सन्देश दिन खोजेको बताए ।

उनले अब छिट्टै आफूले संसद भवनमा काग बोलाएर संसद भवन घेर्ने तयारी गरेको सम्मेलनमा बताए । ग्रिन सिटी अस्पताल वसुन्धराको आयोजनामा रत्नापार्कस्थित शान्तिवाटिकामा बिहान ६ बजे काग सम्मेलन गरिएको थियो । जसमा सयौं कागलाई जम्मा पारिएको थियो ।

हेर्नुहोस् भिडिओ

प्रतिक्रिया दिनुहोस