Latest News

स्वतन्त्र पार्टीबाट धादिङका उम्मेदवार चुनावी मैदानमा होमिए, क-कसले दिएका छन् उम्मेदवारी

Nepalese Times October 14, 2022 (1 Year ago)    554 Views

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरु चुनावी अभियानमा सक्रिय भएका छन् । उनीहरु चुनावी प्रचार कार्यक्रमका लागि देशभर विभिन्न कार्यक्रमसहित मैदानमा होमिएका छन् ।

यसैक्रममा धादिङमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएकाहरु पनि चुनावी मैदानमा होमिएका छन् । पार्टीको प्रचार र उम्मेदवारको प्रचारको क्रममा उनीहरुले शुक्रबार धादिङवेशीमा पत्रकार भेटघाट कार्यक्रमसमेत गरेका छन् ।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट धादिङ प्रतिनिधिसभा क्षेत्र नं. १ मा कमेडी च्याम्पियन हिमस पन्तले उम्मेदवारी दिएका छन् । धादिङको थाक्रे गाउँपालिका घर भएका हिमेश प्रत्यक्षतर्फको उम्मेदवार हुन् ।

सत्ता गठबन्धनको तर्फबाट नेकपा एकिकृत समाजवादीका उपाध्यक्ष एवं बागमती प्रदेश सरकारका मुख्य मन्त्री राजेन्द्र प्रसाद पाण्डे र नेकपा एमालेका नेता भूमि त्रिपाठीसँग प्रतिष्पर्धा गर्न हिमेशले प्रचार–प्रसारलाई तीव्र पारेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले धादिङ प्रतिनिधिसभा क्षेत्र नं. २ मा बसुमाया तामाङलाई प्रत्यक्षतर्फको उम्मेदवार बनाएको छ । प्रतिनिधिसभामा समानुपातिकमा पनि उम्मेदवार उठाएको यो पार्टीले प्रदेशसभामा भने उम्मेदवार उठाएको छैन ।

स्वतन्त्र पार्टीबाट धादिङमा केन्द्रीय सदस्य विष्णु कुमार श्रेष्ठ (विष्णु पुरुष), केन्द्रीय उपसभापति डोल प्रसाद अर्याल, कल्पना रोक्का र केन्द्रीय सदस्य उपेन्द्र पाण्डे समानुपातिक उम्मेदवार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस