Latest News

गठबन्धनले जिते मात्रै सुशासन कायम हुन्छः जोशी

Nepalese Times October 11, 2022 (1 Year ago)    473 Views

काठमाडौं । नेपाली कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार अर्जुन जोशीले निरङ्कुसको अन्त्य र स्वतन्त्रता कायम गर्न लोकतान्त्रिक गठवन्धन आजको आवश्यकता रहेको बताएका छन् ।

पर्वतबाट नेपाली काङ्ग्रेसमार्फत प्रतिनिधि सभा उम्मेदवार बनेका उनले गठवन्धनले जिते मात्रै स्वतन्त्रता, विकास र राज्यमा सुशासन कायम हुने बताए ।

हिजो ५ बर्ष जनताले कसरी बिताए भन्ने कुरा नभुलेको भन्दै ३ करोड नेपालीको रगत पसिनाले सिर्जित संविधानलाई धुजा–धुजा पारेर देशलाई अनिर्णयको बन्दी बनाएको बताए । ५ बर्ष बिकास गर भनेर दिएको म्यान्डेटलाई केपी ओली सरकारले खिल्लीमा उडाएको उनले बताए ।

पर्वतमा अब बिकासको मुल फुट्ने र त्यसका लागि काङ्ग्रेससहितको गठवन्धनको उम्मेदवारले जित्नुपर्ने उनले बताए । फरक प्रसङ्गमा नेता जोशीले आफ्नै पार्टीभित्र फरक मत राख्दा भिम रावल र घनश्याम भुसालजस्ता नेताले आज बहिस्कार भोग्नुपरेको बताए ।

त्यस्तो पार्टिको नेतृत्वले देशलाइ निकाश दिन सक्दैन र आउने चुनावमा काङ्ग्रेससहितको गठवन्धनको उम्मेदवारलाई पर्वत लगायत देशैभरिबाट भारी मतले जिताउनुपर्ने बताए ।

पर्वत प्रदेश सभा (क) का उम्मेदवार, प्रदेश सभा (ख) का उम्मेदवार ऋषिकेश तिवारी, नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङ, स्थानिय नेतालगायत तरुण, महिला कार्यकर्ता उपस्थित थिए ।

 

 

 

प्रतिक्रिया दिनुहोस