Latest News

देउवाको उम्मेदवारी रद्द हुन सक्ने, भेटियो यस्तो प्रमाण

Nepalese Times October 10, 2022 (1 Year ago)    1079 Views

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको उम्मेदवारी रद्द हुन सक्ने भएको छ । डडेल्धुराबाट प्रतिनिधि सभामा उम्मेदवारी दिएका कांग्रेस सभापतिसमेत रहेका देउवाको नागरिकता र मतदाता नामावलीमा फरक फरक मिति फेला परेको छ ।

नागरिकतामा २००३ ज्येष्ठ ३१ गते जन्म मिति रहेको देउवाको मतदाता नामावलीमा २००२ ज्येष्ठ ३१ गते रहेको पाइएको छ ।

नागरिकता र मतदाता नामावलीमा फरक फरक मिति रहेको भन्दै उनको उम्मेदवारी विरुद्ध उजुरी परेको छ ।
कर्ण मल्लले उनी विरुद्ध उजुरी हालेका हुन् ।

मल्ल अघिल्लो पटक नेपाली काङ्ग्रेसबाट प्रदेश सभामा निर्वाचित भएका थिए । अहिले बिपी कांग्रेसबाट उनी देउवा विरुद्ध चुनावी मैदानमा छन् ।

प्रतिक्रिया दिनुहोस