Latest News

खेम लोहनी र रामनाथ अधिकारीलाई टक्कर दिन बसुमाया मैदानमा, को हुन् उनी ?

Nepalese Times October 10, 2022 (1 Year ago)    551 Views

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका बसुमाया तामाङले धादिङ क्षेत्र नं २ बाट उम्मेदवारी दिएकी छिन् । सफल महिला उध्यमी बन्न सफल उनले आफूले कुनै पनि हालतमा यो निर्वाचन क्षेत्रबाट चुनाव जितेरै छाड्ने दाबीसमेत गरेकी छिन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय सदस्य तथा सह–कोषाध्यक्षसमेत रहेकी तामाङले घन्टी चुनाब चिन्हबाट आफ्नो उम्मेदवारी दर्ता गराएकी हुन्।नेपाली अचार ‘टिमुरको छोप’ लाई आफ्नै ब्राण्ड बनाउन सफल नेपालकै पहिलो महिला उद्यमि बसुमाया तामाङ आफुलार्इ सफल महिला उद्यमिको रुपमा चिनाउन सफल छिन्।

धादिङको दुर्गम गाउँ हालको रुबिभ्याली गाउँ पालिका वडा न ४) मा जन्मिएर सानै देखि संघर्षपुर्ण जीवन बिताएका तामाङ हाल ज्वालामुखी गाउँपालिका वडा न ४ ढोलामा बसोबास गर्दै आएकी छिन्।

नेपाली अचारको ब्रान्ड बनाएर बिश्वका विभिन्न देश अमेरिका, जापान, हङकङ, बेल्जियम, अस्ट्रेलिया, युके लगायत देशमा नेपाली ब्राण्डका टिमुरको अचार निर्यात गरेर नेपालि उत्पादनलाई बिश्व बजारमा चिनाउन सफल छिन्।

उनले आफू जस्तै सयौं महिला दिदिबहिनीलार्इ समेत रोजगारी दिएकी छिन्। ब्यबसायको अलावा लायन्स क्लब अफ काठमाडौको सदस्यसमेत रहेकी तामाङ विभिन्न सामाजिक कार्यमा समेत सक्रिय छिन।

उनले आगामी प्रतिनिधि सभा चुनाबमा जित हासिल गरि आफू जस्तै थुप्रै महिला दिदिबहिनिहरुलाइ आत्मा निर्भर सफल उद्यमी बन्न र नेपालि दिदी बहिनिहरुलाइ स्वदेशमै रोजगारी सिर्जना गरि नेपाली चेलिबेटी खाडिमा बेचिन बाट रोक्ने बताए।

यो निर्वाचन क्षेत्रमा नेकपा एमालेले खेम लोहनीलाई उम्मेदवार बनाएको छ । भने सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका रामनाथ अधिकारीले उम्मेदवारी दर्ता गरेका छन् ।

प्रतिक्रिया दिनुहोस