Latest News

काठमाडौंको १० वटै क्षेत्रमा राप्रपाले टुंग्यायो उम्मेदवार, रविन्द्र मिश्रसहित कुन क्षेत्रमा को ? (सूचीसहित)

Nepalese Times October 8, 2022 (1 Year ago)    662 Views

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि काठमाडौंमा उम्मेदवार टुंग्याएको छ ।

शनिवार काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी टुंगो लगाएको राप्रपाका एक नेताले बताए । जसअनुसार काठमाडौंको क्षेत्र नं १ को प्रतिनिधिसभातर्फ रवीन्द्र मिश्र उम्मेदवार बन्ने भएका छन् ।

यस्तै क्षेत्र नम्बर १ को प्रदेशसभा (क) मा नवीन शाही र प्रदेशसभा (ख) मा यज्ञ बहादुर शाहको नाम टुंगो लागेको छ । यस्तै क्षेत्र नं २ मा प्रतिनिधिसभातर्फ नवराज सिंखडा, प्रदेश सभा (क) मा सुनील केसी र प्रदेश सभा ुखुमा राजु विष्टको नाम टुंगो लगाएको राप्रपाले जनाएको छ ।

राप्रपाका अनुसार क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभातर्फ गणेश गिरी, प्रदेश सभा (क) मा चुण्डी लामा र प्रदेश सभा (ख) मा आनन्दराम थापाको नाम टुंगो लागेको छ ।

यस्तै क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभातर्फ डा. ठाकुरमोहन श्रेष्ठ र प्रदेश सभा (क) मा ऋद्धि प्रताप जबरा र प्रदेश सभा (ख) मा पूण्यलाल श्रेष्ठ, क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभातर्फ डा. रामप्रसाद उप्रेती, प्रदेश सभा ुकुमा राजेन्द्र प्रजापति र प्रदेश सभा ख मा नवीन खड्काको नाम टुंगो लागेको छ ।

यसैगरी काठमाडौं क्षेत्र नं ६ मा प्रतिनिधिसभातर्फ विष्णुप्रसाद आचार्य, प्रदेश सभा (क) मा जगत सागर महर्जन, प्रदेश सभा (ख) मा चिरागमान सिंह कुँवर, क्षेत्र नम्बर ७ मा प्रतिनिधिसभातर्फ ध्रुब विक्रम मल्ल, प्रदेश सभा (क) मा रोजिना गुरुङ र प्रदेश सभा (ख) मा लाल कुमार लामाले टिकट पाएका छन् ।

क्षेत्र नम्बर ८ मा प्रतिनिधिसभातर्फ प्रकाश रिमाल, प्रदेश सभा (क) मा केदार धमला, प्रदेश सभा (ख) मा उद्धव थापाको नाम टुंगो लागेको छ ।

यस्तै क्षेत्र नम्बर ९ मा प्रतिनिधिसभातर्फ देवेन्द्र प्रधान, प्रदेश सभा (क) सरिता उप्रेती वा नुरज बज्राचार्य, प्रदेश सभा (ख) मा दिलीप कार्कीको नाम टुंगिँदा क्षेत्र नम्बर १० मा प्रतिनिधिसभातर्फ बलराम थापा, प्रदेश सभा (क) मा उमेश सापकोटा र प्रदेश सभा (ख) मा सूर्यबहादुर महर्जनको नाम टुंगो लागेको राप्रपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस