Latest News

अष्टलक्ष्मी शाक्यले पनि गरिन् अलग्गिने घोषणा, के गर्लान् केपी ओली ?

Nepalese Times October 8, 2022 (1 Year ago)    789 Views

काठमाडौं । नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले आफू संसदीय निर्वाचनबाट अलग्गिने घोषणा गरेकी छिन् । उनले अब आफूले संसदीय चुनाव नलड्ने भन्दै विकल्प खोज्न अध्यक्ष केपी शर्मा ओलीलाई आग्रहसमेत गरेकी छिन् ।

आसन्न प्रतिनिधि सभा निर्वाचनमा एमालेबाट काठमाडौं ८ मा उम्मदेवार सिफारिस शाक्यले पार्टी अध्यक्ष केपी ओलीलाई विकल्प खोज्न भनेकी छिन्। शनिबार ओलीसँग भेट गर्दै शाक्यले आफू संसदीय निर्वाचनबाट अलग्गिने घोषणा गरिसकेकाले विकल्प खोज्न भनेकी हुन्।

उनले भनिन्, ‘मेरोनिर्णयलाई तपाईंले अन्यथा नलिनुहोस्, मैले सार्वजनिक रूपमै संसदीय निर्वाचनबाट अलग्गिने भनेकी छु। म अब उठ्दिनँ, विकल्प खोज्नुहोस् भनेर आएँ, शाक्यले ओलीलाई आफूले भनेका कुरा बताइन्।

उनले चुनाव लड्ने मन भएका र जित्ने सम्भावना रहेकालाई १० बुँदेको नाममा फरक व्यवहार नगर्न पनि अध्यक्ष ओलीलाई अनुरोध गरेकी छिन्।

उठ्दिनँ भन्नेलाई उठ्न प्रेरित गर्ने र जित्ने सम्भावना भएकाहरूलाई १० बुँदेको नाममा फरक व्यवहार गर्ने कुरा ठीक नभएके भन्दै उनले यसले गलत सन्देश जाने बताइन् ।

आफूले नउठ्ने अडान कामयै राखेपछिओलीले धेरै प्रतिक्रिया नजनाएको उनले बताइन्। शाक्यसँगको कुराकानीपछि ओली झापा गएका छन्। उम्मेदवार मनोनयनका निम्ति ओली झापा पुगेका हुन्।

ओलीले टिकट नदिएपछि घनश्याम भुसालले पार्टी छाडेका छन् भने भीम रावलले आगामी बाटोबारे आइतबारसम्म निर्णय लिने बताएका छन्।

प्रतिक्रिया दिनुहोस