Latest News

संसद विघटन गर्नेलाई नभई जनताले कांग्रेसलाई म्यान्डेट दिन्छः प्रकाशमान सिंह

Nepalese Times September 18, 2022 (1 Year ago)    1152 Views

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानको कार्यान्वयनका लागि निर्वाचनकाट कांग्रेसले नै म्यान्डेट पाउने बताएका छन् । लौहपुरूष गणेशमान सिंहको २५ ओै स्मृति दिवसको अवसरमा आज आयोजित कार्यक्रममा उनले मौका पाउँदा संसद विघटन गर्नेलाई नभई जनताले कांग्रेसलाई म्यान्डेट दिने बताए ।

संविधानको सफल कार्यान्वयनका लागि मंसिर ४ को निर्वाचनमा कांग्रेस नेतृत्वको गठबन्धनको जित आवश्यक रहेको सिंहको भनाई थियो ।

स्थानीय तहलाई बलियो बनाएर शिक्षा,स्वास्थ्य, रोजगारीको विषयमा जनतालाई अनुभूत हुनेगरि काम गर्नुपर्नेमा सिंहको जोड थियो । सत्तागठबन्धनमा अहिले सिट बाँडफाँडका बारेमा छलफल भइरहेकाले छिटै निकास निस्कने पनि सिंहको भनाई थियो ।

गठबन्धनमा रहेका सबै दललाई चित्त बुझाउने गरी सिट बाँडफाँट हुन्छ,’ गणेशमान सिंहको २५ औं स्मृतिमा आज शोभा भगवतीमा आयोजित कार्यक्रममा उनले भने, ‘सबैलाई चित्त बुझाएर अघि बढ्ने हो।’ गणेशमान सिहले देखायको बाटो हिड्न सकेमात्र लोकतनत्र बलियो हुने भन्दै नेपाली राजनीति मा गणेशमान सिह को योगदान को चर्चा गर्नु भयकोछ कार्यक्रम गणेशमान सिह फाउन्डेसन को आयोजना मा भयको हो

प्रतिक्रिया दिनुहोस