Latest News

कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष सेडाईं कक्षा ११ मा भर्ना

Nepalese Times September 12, 2022 (1 Year ago)    531 Views

काठमाडौं । नेपाली कांग्रेसबाट निर्वाचित धादिङको ज्वालामुखी गाउँपालिका ६ का वडाध्यक्ष किशोर सेडाई कक्षा ११ मा भर्ना भएका छन् ।

उनी आफ्नै वडामा रहेको सुनखानी माध्यमिक विद्यालयमा कक्षा ११ मा भर्ना भएका हुन् । २०६५ सालमा चण्डेश्वरी माध्यामिक विद्यालय एसएलसी उत्तीर्ण गरेपछि उनको औपचारिक शिक्षा रोकिएको थियो ।

कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सेडाईंले आफैं कक्षा ११ मा भर्ना भएका हुन् । एसएलसी उतिर्णपछि काठमाडौ गएर पढ्ने भनेर हिडिएको तर विभिन्न आर्थिक समस्याका कारणले आफूले पढाईलाई निरन्तरता दिन नसकिएको उनले बताएका छन् ।

उनले भने–हामी जस्ता निम्न वर्गीया परिवारको मान्छेलाई काठमाडौंमा केहि काम नगरि टिक्नै नसकिने । त्यस पछि पढाइ लाई निरन्तरता दिन पनि सकिएन । त्यतिबेला लाग्थ्यो, अब मेरा लागी पढाइ आवश्यक पनि छैन । तर अहिले आएर पढाइको महत्त्व बुझ्दै छु ।

उनले आफू सकेसम्म पढ्नका लागि विद्यालय जानेसमेत बताएका छन् । विहानको कक्षा भएको भए आफू नियमित विद्यालय जाने भन्दै उनले दिउँसोको कक्षा भएकोले नियमित कक्षा लिन नपाउने हो कि भन्ने आफूलाई लागेको बताए ।

विद्यालयको कार्यक्रममा सम्बोधनका क्रममा उनले भने – म तपाईंहरु सङ्गै बसेर पढ्ने छु । तपाईहरुले जानेको कुरा मलाई सिकाउनुहोस् । मैले जानेको कुरा तपाईंहरुलाई सिकाउँला । विद्यार्थी भएर विद्यालयमा आउँदा यहाँको समस्यासँग पनि परिचित हुने मौका मिल्ने र त्यसलाई समाधान गर्न पनि मेरो तर्फबाट भरपुर कोशिश गर्नेछु ।

प्रतिक्रिया दिनुहोस