Latest News

कमल थापालाई ठूलो धक्का, केन्द्रीय उपाध्यक्ष नै एमाले प्रवेश

Nepalese Times September 10, 2022 (1 Year ago)    373 Views

काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष राजेन्द्रवीर राय नेकपा एमालेमा प्रवेश गरेका छन् ।

अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले रायलाई भक्तपुरको बालकोटस्थित ओली निवासमा खादा लगाई पार्टीमा स्वागत गरेका हुन् ।

कर्णाली विकास बैंकका अध्यक्ष रहेका राय २०७४ सालको निर्वाचनमा सल्यानबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार थिए । पार्टी प्रवेश कार्यक्रममा एमाले पोलिटव्युरो सदस्य गुलावजङ्ग शाहको पनि उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस