Latest News

गणतन्त्रलाई कमजोर बनाउनेलाई मसिर ४ को चुनाबमा पराजित गर्नुपर्छः पराजुली

Nepalese Times September 6, 2022 (1 Year ago)    393 Views

काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले गणतन्त्रलाई कमजोर बनाउनेलाई मसिर ४ को चुनावले पराजित गराउनुपर्ने बताएका छन् । काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस भएका उनले यस्तो बताएका हुन् ।

अनेरास्ववियू काठमाडौं जिल्ला कमिटीले राष्ट्रिय सभागृहमा सम्पन्न बधाई, सम्मान तथा स्वागत कार्यक्रममा उनले सरकारी शैक्षिक सस्था दिनानुदिन कमजोर हुने माफियाले लगानी गरेका संस्था हरेक दिन मालामाल हुने कुरालाई रोक्नुपर्ने बताए ।

आफूहरुको श्रमबाट देश समृद्धिको दिशामा लैजानुपर्ने भन्दै उनले आफूहरुको नेतालाई गाली गरेर हाम्रो व्यवस्था कमजोर बनाउने खेल अनेरास्ववियूलाई स्विकार्य नहुँने बताए । ब्रेन ड्रेनको यो समस्यालाई समाधान गर्न सरकारले उचित कदम चाल्नुपर्नेसमेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस