Latest News

सोम्बोले तामाङ धादिङबाट प्रदेशसभा उम्मेदवारमा सिफारिस, को हुन् सोम्बोले ?

Nepalese Times September 6, 2022 (1 Year ago)    448 Views

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रदेश सभातर्फ धादिङ क्षेत्र नम्बर २ क बाट समानुपातिक उम्मेदवारमा सोम्बोले तामाङलाई सिफारिस गरेको छ । धादिङको राजनीतिक आन्दोलनका अगुवाइ गरेका तामाङ तामाङ समुदायको प्रतिनिधित्व गर्दै राजनीतिमा अगाडि बडेका नेता हुन् ।

२०४६ सालतिर पन्चायत र बहुदलीय शासन ब्यबस्थाविरुद्धको जनाअन्दोलन चल्दै गर्दा धादिङको उतरी क्षेत्र धुवाकोटमा पनि बहुदलिय ब्यबस्थाको लागि उनले संघर्ष गरेका थिए ।

धुवाकोटको सरस्वती निम्न माध्यमिक विद्यालयमा अध्ययनपश्चात उनी माध्यमिक शिक्षा लागि सदरमुकाम धादिङबेसि झरेका थिए ।अध्ययनसँगै राजनीतिमा लागेका उनी २०४६ सालमा निलकन्ठ माध्यामिक बिध्यालयमा निलकन्ठ माबि एकाइ कमिटी अध्यक्ष बनेर विद्यार्थी राजनीति सुरु गरेका थिए ।

समाज परिवर्तन र विकासको निम्ति लाग्नु पर्छ र त्यो राजनीतिबाट मात्र सम्भावना छ भनेर अघि बढेर २०४८ सालमा जनमोर्चा निकट अनेरास्वबियु क्रान्तीकारी जिल्ला सदस्य बनेका उनी २०४९ सालमा सोहि सङठनका अनेरास्ववियु जिल्ला सम्योजक भएका थिए । २०५० सालमा संयुक्त आदिवासी जनजाती को केन्द्रीय सदस्य बन्न पुगेका उनी २०५२ सालदेखि २०५६ सालसम्सम्म नेकपा माओबादी को क्षेत्रीय व्युरो सदस्य बनेर काम गरेका थिए ।

२०५६ सालदेखि २०६० सालसम्म प्रवासमा रहेर पार्टीको आन्दोलन र क्रान्तीमा प्रत्यक्ष-अप्रत्यक्ष काम गरेका उनी २०६२ सालमा नेकपा माओबादीले गठन गरेको ताम्सालिङ राज्यको सचिवालय सदस्य हुँदै धादिङको नेकपा माओबादी केन्द्र ५ नम्बर इलाका इन्चार्ज भए । आफ्नै भुगोलमा काम गरेर धादिङ निर्वाचन छेत्र १ को सचिवको जिम्मेवारी सम्हालेर पार्टीको गतिविधिमा लागेका उनी तामाङ रास्ट्रीय मुक्ती मोर्चा धादिङको अध्यक्षसमेत भइसकेका छन् ।

उनले २०७० सालको दोश्रो सम्बिधानसभा निरवाचनपछि तामाङ रास्ट्रीय मुक्ती मोर्चा को केन्द्रीय सचिवालय सदस्य र 3 नम्बर प्रदेसका इन्चार्जको जिम्मेवारी सम्हालेका छन् ।

नेकपा एमाले र नेकपा माओबादी केन्द्रको एकतामा बनेको नेकपा बाग्मती समन्वय समितीको पार्टी एकता कार्यदल का सदस्य र २०७५ देखि ७८ सालसम्म बाग्मती प्रदेस सम्पर्क समन्यय समितिका सचिब बनेका थिए ।

उनी २०७८ सालदेखि सम्पर्क समन्वय प्रदेसका सह-सचिब रहेका छन् भने नेपाल तामाङ घेदुङको २०७२ सालको चितवन महादिबेसनबाट ३ नमर प्रदेस अध्यक्षमा निर्वाचित भएका छन् ।

नेकपा माओबादी केन्द्र जातीय क्षेत्रीय संयुक्त मोर्चाका केन्द्रीय सचिवालय सदस्य र तामाङ घेदुङको केन्द्रीय उपाध्यक्ष उनी सानैदेखि स्पष्ट एवम् हक्की स्वभावका व्यक्ति हुन् ।

धादिङको राजनीतिक आन्दोलनका अगुवा तामाङ तामाङ समुदायको प्रतिनिधित्व गर्दै राजनीतिमा अगाडि बढेका नेता हुन् । उनै तामाङलाई नेकपा माओबादी केन्द्र धादिङले धादिङ क्षेत्र नम्बर प्रदेसभा उम्मेदवारका लागि समानुपातिकतर्फ सिफारिस गरेको हो ।

प्रतिक्रिया दिनुहोस