Latest News

राप्रपा सहायक महामन्त्री खड्का दोलखाबाट प्रतिनिधिसभा लड्ने

Nepalese Times September 2, 2022 (1 Year ago)    360 Views

दोलखा । आगामी मंसिर ४ मा हुने संघीय निर्वाचनको लागि राप्रपाको तर्फबाट सहायक महामन्त्री विजय खडकाले उम्मेदवारी दिने भएका छन् । राप्रपा दोलखा जिल्ला समितिको वैठकले खडकाको नाम सिफारिस गरिसकेको छ ।

खड्का दोलखा विगु – ४ लादुकका स्थानीय हुन् । राप्रपाको वैचारिक र सैद्धान्तिक लाईनमा स्पष्ट खडका विगत महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित भएपछि अध्यक्ष राजेन्द्र लिङ्देनले सहायक महामन्त्रीमा मनोनयन गरेका थिए ।

शान्ति आदर्श मावि लादुकवाट एसएलसी गरेका खडकाले अर्थशास्त्रमा स्नातकोत्तर सम्म अध्ययन गरेका छन् । खुला हृदयका खडका दोलखामा समाजसेवामा समेत अग्रणी मानिन्छन्, कोभिड महामारीमा उनको पहलमा जिल्लाको प्राय सवै स्वास्थ चौकिहरू, फ्रन्टलाईनमा काम गर्ने कर्मचारीहरू ,पत्रकार ,प्रहरी सैनिक,शिक्षण संस्थामा अक्सिजन कन्सन्ट्रेटर,माक्स,सेनेटाईजर वितरण गरेका थिए ।

त्यस्तै विधालय, मठ मन्दिर निर्माणलगायत काममा पनि खड्काले उल्लेख्य भुमिका निर्वाह गर्दै आएका छन् । तपाईको उम्मेदवारी किन भन्ने सम्वाददाताको प्रश्नमा खडकाले विगत ३० वर्ष देखिको काग्रेस कम्युनिस्टको भ्रष्टाचार, वेथिति, राष्ट्रघातवाट मुक्ति दिलाउदै मुलुकलाई स्वाधीन, सम्पन्न र जनताको धार्मिक साँस्कृतिक अधिकारको रक्षाको लागि आफ्नो उम्मेदवारी भएको र यस पटकको निर्वाचनमा राप्रपाले जित सुनिश्चित गर्ने वताए । महंगी भ्रष्टाचारमा पिल्सिएका जनतालाई राहत दिँदै दोलखाको समग्र विकासको लागि काम गर्ने पनि उनले वताए ।

प्रतिक्रिया दिनुहोस