Latest News

आन्तरिक कमजोरीका कारण स्वतन्त्र उम्मेद्वार हावीः अध्यक्ष गुरुङ

Nepalese Times September 2, 2022 (1 Year ago)    350 Views

काठमाडौं । नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले हामी भित्रकै आन्तरिक कमि कम्जोरीको कारण केही दिन फेसबुकमा उदाएका स्वतन्त्रहरुले आज चुनाव जित्न सफल भएको दावी गरेका छन् ।

उनले सम्पुर्ण तरुण एबम विध्यार्थी साथिहरुलाइ आफ्ना नेताको बिरुद्ध मा सामजिक संजालमा नलेख्न आग्रह गरे । जसरी किसानले एउटा समय दुख गरेर अर्को समय फल फलाउँछ तेसरी नै नेता गुरुङ्ले ५० बर्ष सम्म हामिले केन्द्र देखि जिल्ला,जिल्लादेखी क्षेत्र,नगर गाउँ एबम वर्डहरुमा जनतासंग बसेर काम बताए ।

नेता गुरुङले कार्यक्रममा आफुले पहिले पनि आदिवासी, महिलाहरुलाई समानुपातिकमा मात्र नभएर प्रत्यक्ष चुनाव लडाउँनुपर्छ भनेर जोड दिदै आएको कुरा अहिलेको चुनावमा तेस्तो मुहारहरु देखिनेमा आफू विश्वस्त रहेकोबताए ।

पुराना नेताहरुलाई सम्मान गर्दै उनिहरु अगि बढ्न नचाएको खण्डमा युवाहरु चुनाव लड्न तयार रहेको कुरा नेता गुरुङ्ले बताए । कार्यक्रममा आफुलाइ आफ्ना कुराहरु राख्न मौका दिएकोमा नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिती पर्वतलाई अध्यक्ष गुरुङले धन्यवाद दिए ।

प्रतिक्रिया दिनुहोस